Sunday, April 15, 2018

तपाईँ लोकसेवा सम्बद्ध साथीहरु तथा सम्पूर्ण शुभचिन्तकहरुमा नव वर्ष २०७५ को शुभकामना साथमा केही जानकारीहरुः

तपाईँ लोकसेवा सम्बद्ध साथीहरु तथा सम्पूर्ण शुभचिन्तकहरुमा नव वर्ष २०७५ को शुभकामना साथमा केही जानकारीहरुः
1. मिस नेपाल 2018 : श्रृंखला खतिवडा
2. नियुक्ति मितिः २०७४ चैत्र २७
हालका प्रहरी महानिरीक्षकः सर्वेन्द्र खनाल 
हालका सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकः शैलेन्द्र खनाल
3. पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीले ७ महिना १० दिनको पारिश्रमिक सुविधा फिर्ता गर्नुपर्ने (निजामती किताबखानाको निर्णयः २०७४ चैत्र २८)
4. २० वर्षे पूराना सवारी गुड्न नपाउनेः (२०७४ चैत्र १ देखि पूर्णतः प्रतिबन्ध)
5. मानव अधिकारसम्बन्धी काठमाण्डौं घोषणापत्रः २०७४ चैत्र २८ (२०१८ अप्रिल ११)
6. नेपाली भाषाको पहिलो कथानक चलचित्रः सत्य हरिश्चन्द्र
7. नेपालको पहिलो सिनेमा हलः जनसेवा सिनेमा हल
8. हनुमान ढोकाको सुनको ढोका निर्माण गर्नेः गीर्वाणयुद्ध विक्रम शाह
9. तेन्जिङ नोर्गे शेर्पाको निधन भएको देशः भारत
10. स्वास्थ्य क्षेत्रमा झण्डा चिन्ह केसँग सम्बन्धित?? कुपोषण
11.नेपाल-भारत प्रबुद्ध समूहको सातौं बैठकः २०७४ फागुन १२-१४
12. साहित्यिक कृति बैकुण्ठ एक्सप्रेसः मोहनराज शर्मा‚ काबुल एक्सप्रेसः दीपक शर्मा‚ मैत्री एक्प्रेसः हरिकुमार श्रेष्ठ
13.डोल्पा जिल्ला सीमानालाइृ राष्ट्रिय सडक सञ्जालले छोएकोः २०७३ श्रावण २३
14. सरकारबाट निर्माण भएको पहिलो नेपाली चलचित्रः आमा
15. फास्ट ट्र्याक बनाउने जिम्मा नेपाली सेनाः २०७४ बैशाख २३
16. राष्ट्रिय सभाको निर्वाचनः २०७४ माघ २४
17. केपी शर्मा ओली प्रधानमन्त्री नियुक्तः २०७४ फागुन ३
18.हिउँचितुवा संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनः २०७४ माघ ४
19. नेपालको सबैभन्दा अग्लो झरनाः पाचाल
20. चलचित्र उद्योगः सेवामुलक उद्योग
21. Washington Convention भन्नालेः CITIES
22. सन् २००९ अक्टोबर १६ मा माल्दिभ्समा पानीमुनि भएको मन्त्रिपरिषदको बैठकको मूख्य अपिलः कार्बन ग्याँस कटौतिमा योगदान
23.पर्यावरणसम्बन्धी पहिलो सम्मेलन भन्नालेः स्टकहोम सम्मेलन
24.पाकिस्तान भ्रमण गर्ने पहिलो नेपाली राष्ट्र प्रमुखः राजा महेन्द्र
25. 'सितारा-ए-सुज्जत' ....... मुलुकको सबैभन्दा उच्च पुरस्कारः पाकिस्तान
26. चीनको उपनामः The Red Dragon, The Sleeping Giant
27. चीनको आधिकारिक भाषाः मण्डारिन
28. अमेरिकाको उपनामः Uncle Sam
29. बेलायतको भ्रमण गर्ने पहिलो नेपाली प्रधानमन्त्रीः जंगबहादुर राणा
30. बेलायतको राष्ट्रिय नामः इङ्ग्याण्ड
31.क्रिसमस ट्रीको प्रचलन गर्ने देशः जर्मनी
32. संसारको कुनै पनि युद्धमा भाग नलिएको मुलुकः स्वीजरल्याण्ड
33. नेपालको जिरीसँग मेल खाने स्वीजरल्याण्डको शहरः जुरिच
34. नेपाल भ्रमण गर्ने पहिलो जापानी नागरिकः बौद्ध भिक्षु एकाइकावागुची
35. काठमाण्डौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको राजधानी थिम्पुबीचको दूरीः ४०० किलोमिटर
36. काठमाण्डौंबाट सबैभन्दा टाढाको दूरीमा रहेको राजधानी मालेबीचको दूरीः २७६० किलोमिटर
37. अन्तर्राष्ट्रिय न्यायालयको गणपुरक संख्याः ६१
38. JICA:JAPAN, DFID:Britain, USAID:US America, Helvetas Nepal : Swizerland
39. विश्व पर्यटन संगठनको प्रधान कार्यालयः मेड्रिड (2070 लोसेआ)
40.भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि पारितः २००३ अक्टोबर ३१ (2068 लोसेआ)
41. आइभरीकोष्ट‚ युगाण्डा‚ नाइजर‚ जिबुटी कुन महादेशसँग सम्बन्धित छः अफ्रिका
42. असंलग्न राष्ट्रको पहिलो शिखर सम्मेलनः युगोस्लाभियाको बेलग्रेड (सन् १९६१ सेप्टेम्बर) (अठारौं‌ अजरबैजानमा हुने)
43. प्राकृतिक कानूनलाई पहिलो र राज्य निर्मित कानूनलाई दोश्रो दर्जामा राख्ने एथेन्समा जन्मिएका दार्शनिकः सुकरात
44. 'चिनी समाजको वर्ग विश्लेषण' पुस्तकः माओत्सेतुङ
45. सत्य‚ अहिंसा तथा व्यक्तिको नैतिक पवित्रतामा भएको विश्वासको आधारमा खराबीसँग प्रतिरोध गर्नका लागि महात्मा गान्धिले प्रतिरोध गरेको बाटोः सत्याग्रह
46. "सबैका कुरा सुन तर सत्यलाई अंगाल" - महात्मा गान्धी
47. मण्डेला दिवसः जुलाई १८
48. Daughter of the East, Daughter of Destiny-An Autobiography, Pakistan : The gathering storm आदि पुस्तकका रचना गर्ने दुई पटक पाकिस्तानको प्रधानमन्त्री भएकी र २००७ मा हत्या भएकी बेनजिर भुट्टोका पिताको नाम के हो ? जुल्फिकार अलि भुट्टो (पाकिस्तानका पूर्व राष्ट्रपति)
49. फेसबुक जस्तै तर अब्बल सोचका रुपमा स्थापित गराउँन लागि परेको वेबसाइट 'सगुन' का सँस्थापक को हुन् ? गोविन्द गिरी
50. NRNA का वर्तमान अध्यक्षः भवन भट्ट
--------------
यो सामग्री तपाईँलाई कस्तो लाग्यो ? कमेन्ट बक्समा अनिवार्य लेख्नुहोस् है ।
संकलनः Sushant Educational Center

Sunday, March 11, 2018

लोकसेवा परीक्षामा उत्तीर्ण हुनका लागि पढ्ने शैलीमा परिवर्तन गर्नु जरुरी छ

लोकसेवा आयोगद्वारा सञ्चालन हुने परीक्षा तयारीका लागि विभिन्न विषयहरुमा पुस्तक लेख्नेमा पर्छन्, तुल खड्का । लोकसेवा तयारी गरिरहेका परीक्षार्थीहरुको सहजताका लागि उनले अहिलेसम्म लोकसेवा सम्बन्धी १० पुस्तक प्रकाशित गरिसकेका छन् । केही दिनयता मात्रै नायब सुब्बा र अधिकृतका थप दुईवटा पुस्तक बजारमा आएका छन् । उनले समसामयिक पुस्तक मात्र होइन, प्रहरी निरीक्षक, अनुसन्धान अधिकृत, नायब सुब्बा, खरिदार तहका पुस्तक पनि लेखेका छन् । पुस्तक लेखनमा नयाँ ट्रेन चेन्जर लेखकका रूपमा उदाएका खड्कासँग पुस्तक लेखन, लोकसेवाका विविध पक्षलगायत विषयमा गरेको छोटो कुराकानी–
पुस्तक लेखन कहिलेबाट सुरू गर्नुभयो ?
पुस्तक प्रकाशनको योजना २०७१ चैतमा बनेको थियो । त्यसअघि म नायब सुब्बा, खरिदार, इन्सपेक्टर, र असईको आइक्यु तथा समसामयिक पढाउन धेरै ठाउँमा जान्थे । फेसबुकमा पनि ‘लोकसेवा सारथि’ नामक पेज बनाएको थिएँ । त्यो पेजमा धेरैजसो समसामयिक घटना विवरणहरु पोष्ट गर्थे । पोष्ट गर्दै जाँदा म्याटर कलेकन हुँदै गयो र त्यहाँ कलेक्सन गरेका म्याटर बजारमा आएका पुस्तकभन्दा स्तरीय र बढी भयो । त्यसमा धेरै मान्छेहरू जोडिँदै गए । उहाँहरूको सुझाव अनुसार नै मैले पुस्तक निकाल्न योजना बनाएँ । र, २०७२ वैशाख पहिलो साता पुस्तक बजारमा आयो । त्यतिखेरैबाट मैले ‘समसामयिक विशेष’ भनेर किताव लेख्न सुरु गरेको हुँ ।
तपाईँको पहिलो पुस्तकले कतिको बजार पायो ?
मेरो पहिलो पुस्तक ‘नासु र खरिदार समसामयिक विशेष’ २०७२ वैशाख पहिलो साता बजारमा आयो । पाठकले अत्यधिक रुचाएको पुस्तक थियो, त्यो । तर, पुस्तक बजारमा आएको हप्ता दिन नबित्दै भूकम्प गएकाले अलिकति डिस्र्टब गरेता पनि अपेक्षाभन्दा बढी नै सफलता हासिल गर्यो । राम्रो प्रतिक्रिया पाएर नै पुस्तक लेखनलाई अगाडि बढाउने योजना बनाएँ ।
लोकसेवाको पुस्तक लेखनमा ट्रेन चेन्जर लेखकका रूपमा पहिचान बनाउनुभएको छ, परम्परागत प्रणालीलाई तोड्न कतिको च्यालेन्ज छ ?
परम्परागत हाजिरीजवाफ शैलीमा पढ्न अभ्यस्त बजारलाई नयाँ प्याटर्नमा ल्याउन केही चुनौती छ । मेरो नयाँ ट्रेन भनेको कुनै पनि विषयवस्तु माथि के, कहाँ, किन, कस्तो, कसले, कुन, कहिले, केका लागि र कति जस्ता प्रश्न एकै साथ गरेर पढ्नुपर्छ भन्ने हो । मैले मेरा पुस्तकमा यसरी प्रस्तुत गर्ने गरेको छु । जस्तो–
मुख्यसचिवमा रेग्मी नियुक्त
० को रेग्मी ? –लोकदर्शन रेग्मी
० कसको मुख्यसचिव ? – नेपाल सरकारको
० कसले नियुक्त गर्यो ? – नेपाल सरकाले
० कहिले नियुक्त ? – २०७४ कार्तिक ६
० कति औँ मुख्यसचिव भए ? – २४ औँ
० मुख्य सचिवको कार्यकाल कति हुन्छ ? – ३ वर्ष
० पहिलो मुख्यसचिव को हुन् ? – चन्द्रबहादुर थापा
यसरी एउटै टपिकमा को, कहिले‘ जस्ता प्रश्नको ओइरो एउटै टपिकमा लगाउनुपर्छ । जुन स्टाइललाई म जिके इन लेयर भन्छु । यसरी पढ्दा सम्झन सहज मात्र हुँदैन, पढ्दा पनि बोर लाग्दैन, खेल्दै पढेकोजस्तो हुन्छ ।
सुर्खेतमा सरकारी जागिरे हुनुहुन्छ, पर्याप्त स्रोत साधन अभावका बीच पनि पुस्तक लेखनलाई कसरी निरन्तरता दिन भ्याउनुभएको छ ?
निरन्तरता दिने की नदिने रुचिले निर्धारण गर्छ । रुचि हुने ठाउँमा हमेशा योगदान गर्न सकिन्छ । तर, कहिलेकाँही रुचि, चाहना र इच्छा हुँदाहुँदै पनि मोफसलमा हुनका नाताले भने जसरी समयमा नै काम गर्न सकिँदैन । लेखनका लागि आवश्यक स्रोत साधनको अभावमा कतिपय काम सोचेजस्तै गर्न सकिँदैन । सहर–राजधानीमा छापिएका पत्रपत्रिका, बुलेटिन, पुस्तक, लेखरचना, कार्यपत्र, खोज र सन्दर्भ सामग्री अहिले पनि केन्द्रीकृत छन् । विकेन्द्रीत हुन समय लाग्ने भएकोले काममा असहजता हुन्छ नै । तर, अहिलेका सूचना प्रविधिमा आएको महाविकासले असहजतालाई बिसाई दिएको छ ।
विभिन्न पत्रपत्रिकामा पनि लेख लेख्दै आउनुभएको छ, त्यसमा पनि समसामयिक विषयका जल्दाबल्दा समस्यामा गहिरो खोजसहित, कर्मचारी भएकैले पनि सहज भएको हो ?
कर्मचारी भएर समाज, व्यवस्था र परिपाटी बुझ्न सजिलो भयो । र, लेखन त्यति सजिलो कार्य होइन, जस्तो लाग्छ । लेखनका लागि खोज, अध्ययन र विश्लेषणको पाटो बलियो हुनुपर्छ । अध्ययन, अनुभव र अनुभूतिको संयोजन गर्ने कला चाहिन्छ, लेखनमा । र, अर्को कुरा रुचि हो । रुचिले मान्छेलाई अन्तरहृदयबाट कन्भिन्स गरिदिन्छ । र, मान्छे स्वतःस्फूत काम गर्न सक्छ । साथै अभाव, दबाब र प्रभावलाई सहजैरूपमा चिर्न सक्छ । तर, किताव लेख्नकै लागि वा पैसा कमाउन र अरुको उत्प्रेरणाबाट मात्रै लेख्न खोज्यो भने तपाईँले भनेजस्तो सोचेजस्तो तरिकाले लेख्न सकिँदैन । त्यसैले मनबाट लेख्ने अठोट गर्नुपर्छ । जहाँ मान्छेको रुचि छ, त्यही सफलता पाइन्छ ।
लोकसेवा सम्बन्धी पुस्तक लेखनमा रुचि बढ्नुको कारण के हो ?
सुरुमा रहर ‘हा हा’। अमूल्य सल्लाह, उत्कृष्ट सुझाव र ओजिलो रचनात्मक सुझाव पेश गर्ने पाठक वर्गको अमिट माया, अहिले । साथै प्रेरणा, उत्प्रेरणा, हौसला र ऊर्जाको कमी हुन नदिने आदरणीय सम्पूर्ण ऊर्जावाजहरू पुस्तक लेखनका स्रोत हुुनुहुन्छ । स्वभावले नै मलाई केही नयाँ जानकारी भयो र पाए भने कसलाई सुनाउन कसलाई सुनाउ हुन्छ । म आफूले सिकेका कुरा अरुसमक्ष प्रस्तुत गर्न रुचाउँछु ।
मैले समसामयिक विषयमा पढ्दा सबैसँग म्याटर थिएन । कलेक्सन गरेर पढ्न गाह्रो थियो । किनकी सबै इन्टरनेटको पहुँचमा थिएनन् । मलाई के लाग्यो भने समसामयिक म्याटर दिन सके धेरैले राहत पाउथे । त्यसकारण लेख्न सुरु गरेको हुँ ।
सोच र इच्छाशक्तिले पुस्तक लेख्नुभयो की कसैको प्रेरणा पनि थपियो ?
पहिलो कुरा पुस्तक लेख्नु मेरो रुचि हो । यो स्वतःरूपमा स्खलित तथा पोखिएर आउँछ । पोखिएर आयो भने थाम्न सकिँदैन । यसलाई म बाँध्न सक्दिनँ, त्यसकारण प्रस्तुत गर्नैपर्छ । पब्लिस होलारनहोला, म टिपेर राख्छु ।
पहिलो पुस्तक बजारमा आएपछि धेरै साथीहरूले ‘राम्रो रहेको’ प्रतिक्रिया दिनुभयो । उहाँहरूले निरन्तरताका लागि सल्लाह दिनुभयो । मेरो रुचि त छँदै नै थियो । त्यसमा उहाँहरू नै प्रेरणाको खानी बन्नुभयो । त्यसपछि पुस्तक प्रकाशन भएपछि पाठकहरूले पनि अमिट माया गर्नुभयो ।
यहाँले प्रायः पुस्तकमा ‘विशेष’ शब्द बढी प्रयोग गर्नुहुन्छ, किन ?
हरेक समसामयिक घटनालाई मान्छेले विशेष महत्वका साथ हेर्न थालेका छन् । अरू विषयमा बजारमा जति पनि पुस्तक पाइन्छन् । जस्तैः भूगोल, इतिहास र धर्मसंस्कृति । यसबारे हामी कलेजदेखि नै पढ्दै आएका छौं । लाइब्रेरीमा पनि जति पनि पुस्तक पाइन्छन् । बजारमा पनि छ्याप्छ्याप्ती । जताततै यसबारे पुस्तक पाइन्छन् । तर, समसामयिक भन्ने यस्तो विषय हो, जो सहजै खोजेर पाउन सकिँदैन । त्यो विषयमा लोकसेवाले समसामयिक भनेर टपिक नै राखिदिएपछि म्याटर पाउन गाह्रो हुने भयो । त्यसलाई सहज गर्न मैलै यो विषय पुस्तकमा समेट्ने प्रयास गरेको छु । किनभने त्यो विशेष पनि हो ।
कहिलेकाही विभिन्न पुस्तकमा तथ्य तथा तथ्यांकमा फरक देखिने गरेको छ, त्यसलाई कसरी आधिकारिक बनाएर पुस्तकमा समावेश गर्नुहुन्छ ?
पहिलो कुरा त्यसको अथेन्टिसिटी के हो भनेर चेक गर्ने गर्छु । ‘सामान्य’ पत्रपत्रिकामा आएको कुरा अथेन्टिक नहुन पनि सक्छ । जस्तोः राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, वन्यजन्तु आरक्ष र शिकार आरक्षले ओगटेको क्षेत्रफल, अवस्थिति, अवस्था र स्थापना मिति बोर पत्रपत्रिकामा आउने जानकारी फरक फरक हुन सक्छन् त्यसको अथेन्टिक जानकारी लिदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशित गर्ने सूचना र पुस्तक आधिकारिक मान्नुपर्छ । एवम् प्रकारले सम्बन्धित विषयवस्तुका जानकारी त्यसरी भेरीफाई गरेर पुस्तकमा समेट्ने गर्छु ।
अन्य विधा र लोकसेवाको पुस्तक लेख्दा के फरक छ ?
अन्य विधामा पुस्तक लेख्ने कतिपयले मनका भावना पोख्छन् त केहीले समाजका यथार्थ । यी विधामा वास्तविक जीवनमा घटेका घटनालाई पनि प्रस्तुत गर्न सकिन्छ । तर, लोकसेवामा अनेन्टिसिटी हुन्छ । यसमा टु दी प्वाइन्ट कुरा लेखिन्छ । त्यसकारण लोकसेवा एकदमै संवेदनशील विधा हो । अहिले पनि बजारमा आएका धेरै कितावका डाटाबारे भ्रम छ । त्यसकारण यसमा सत्य तथ्य खोज्नका लागि गहिरो खोजको आवश्यकता पर्छ ।
बजारमा थुप्रै पुस्तक छन्, सबै किनेर पढ्न पनि सम्भव छैन, परीक्षार्थीलाई त अन्योल हुन्छ त रु कसरी छान्ने सही पुस्तक ?
यो त बोझ नै भयो । कुनै पनि लोकसेवा सारथिको लागि पहिलो सफलता भनेको उसले छनोट गर्ने सामग्री हो भन्ने गरिन्छ । कुन पुस्तक छनोट गर्ने ?
यसका लागि पुस्तक हेरेर वा अग्रज तथा पढिरहेको मान्छेसँग सल्लाह लिन सकिन्छ ।
अर्को कुरा पढ्दा सहज हुने पुस्तक छान्नुपर्छ । विषयवस्तु एउटै भएकाले सबै पुस्तकमा उस्तै उस्तै कुरा लेखिएका हुन्छन् । तर, प्रस्तुति भने फरक हुन्छ । लेखकको प्रस्तुतिले पनि पढाइलाई प्रभाव पार्छ । त्यसकारण यी कुरा ख्याल गरी सामग्री छनोट गर्न सकियो भने सफल हुन सकिन्छ । साथै पढ्दा म्याटरमा अली बढी सम्बेदनशील हुनुपर्छ ।
तपाईँका पुस्तक पढेर सफलता पायौं भन्ने रेस्पोन्स आएको छ ?
छ, धेरै म्यासेज आएका छन् । कतिले ‘तपाईँको कितावलाई बेस बनाएर पढ्दा पास भएँ’ भनेर म्यासेज गरेका छन् ।
लेखाइमा ट्रेन चेन्ज गर्ने सोच कसरी आयो ?
म जनरल नलेज ९जिके० विषयमा ट्रेन चेन्ज गर्ने भन्छु । जिके परम्परागत ढाँचामा पढेर हुँदैन । किनकी लोकसेवाले प्रश्न सोध्ने ट्रेन चेन्ज गरिसकेको छ । त्यसकारण पढाइको ट्रेन चेन्ज गर्नुपर्छ । हिजो सिंगल प्याटनको प्रश्न हुन्थ्यो । जस्तोस् नेपालको क्षेत्रफल कति छ ? यो हाजिरीजवाफ जस्तो थियो । अब लोकसेवाले त्यसरी सोध्दैन ।
त्यसकारण हामीले फरक तरिकाले अध्ययन गर्न सक्नुपर्छ । जस्तो– पहिले हामी नेपालको जनघनत्वबारे पढ्दा नेपालकै मात्रै पढ्थ्यौं ।
अब त्यसरी होइन । नेपालको जनघनत्वबारे पढेपछि हिमाली, पहाडी तथा तराई प्रदेश र ग्रामीण तथा सहरी क्षेत्रको पनि पढ्नु आवश्यक छ । त्यसपछि जनघनत्व बढी र कम भएको क्षेत्र तथा जिल्लाबारे पनि जानकारी लिनु आवश्यक छ । यसरी पढ्यो भने प्रभावकारी हुन्छ जस्तो लाग्छ ।
त्यसकारण पढाइमा पनि ट्रेन चेन्ज गर्नु जरुरी छ । अन्यथा लोकसेवा र परीक्षार्थीबीचमा सधै ग्याप भइरहने छ । जिके इन लेयर भन्ने मेरो ट्रेन छ ।
तपाईँलाई केमा सन्तुष्टि लाग्छ, लेखक भएकोमा कि सरकारी जागिरे ?
सरकारी जागिरे भएर नै पुस्तक लेख्ने प्रेरणा आएको हो । लेखनमा पनि सन्तुष्ट नै छु । लेखाइमा बेग्लै किसिमको प्यासन छ ।
तपाईँको लेखनीले कहिलेसम्म निरन्तरता पाउँछ ?
पाठवर्ग एवं हौसलावाजहरूको स्नेह, सहयोग, सद्भाव र सुभेक्षा रहेसम्म निरन्तर चलिरहन्छ । पाठकको माया, हौसला पाइरहँदासम्म निरन्तर लेखन जारी रहनेछ ।
नयाँ पुस्तक कहिलेसम्म बजारमा पुग्छ ?
नायब सुब्बाको प्रथम चरणको किताव बजारमा आएको हप्ता भईसक्यो । शाखा अधिकृत प्रथम चरण भर्खरै प्रकाशित भएको छ । खरिदार, आइक्यु फर अल र समसायिक विशेष पाइप लाइनमा छन् ।
अन्त्यमा भन्न मन लागेको केही छ ?
लोकसेवा मनहरूमा अनुरोध छ । लोकसेवाको तयारी गर्दा अरुले तयार गरेको पुस्तकमा मात्रै डिपेन्ड नहुनुस् । आफै पनि खोज्नुस् । अनुसन्धान गर्नुस् । संकलन गर्नुस् । बजारमा भएका पुस्तकबाट डाटा फिल्टर गरेर पढ्नुस् । किताबमा भएको म्याटर प्रति कन्भिन्स हुनुस् । म्याटरमा कुनै सम्झौता नगरिएको पुस्तक तपाईँको रोजाइको विषय बन्नुपर्छ । तपार्इँ सम्पूर्ण लोकसेवा सारथिहरूको सुन्दर, उज्जवल र समृद्ध भविष्यको कामना । मेरा सोच राख्ने यो ग्राण्ड अवसर दिनुभएकोमा प्रशासन डट कम परिवार र विशेषगरी तपार्इँलाई विशेष धन्यवाद दिन चाहान्छु ।

Wednesday, February 28, 2018

Vacancy announcement from Nepal Airlines Corporation(NAC)


Nepal Airlines Corporation (NAC) was incorporated on 1 July 1958 through enactment of Nepal Airlines Corporation Act. 2019 with the following main objective to provide air transport service to any person, agency or organization who need such service for transportation of men or materials from one airport to another either within or outside the country.

Nepal Airlines Corporation
Human Resources Department

Request for Application from Individual Pilots on Contractual Basis

Nepal Airlines Corporation invites application from competent and eligible Captain and Co-Pilot for different fleet on contractual basis.

- Designation: Captain, Airbus-330
- Vacancy: 6
- Remarks: Type Rated (one to two years)

- Designation: Captain, Airbus-320
- Vacancy: 4
- Remarks: Type Rated (one to two years)

- Designation: Captain, Boeing-757
- Vacancy: 6
- Remarks: Type Rated (six months to one year)
 -- Designation: Captain, MA-60
- Vacancy: 4
- Remarks: One to five years
Designation: Captain, DHC-6/Y-12
- Vacancy: 11
- Remarks: One to five years

- Designation: Co-Pilot, Airbus-330
- Vacancy: 6
- Remarks: Type Rated (one to two years)

- Designation: Co-Pilot, Boeing-757
- Vacancy: 6
- Remarks: Type Rated (six months to one year)

Other information:
> The appointment is subject to approval from concerned authorities of Nepal.
> Selected individuals will be contacted through email.
> The Corporation reserves the right to accept/reject any application.

The interested qualified individuals are requested to submit their application to the email address:hrplanning@nac.com.np or od@nac.com.np. The applicants should attach their full resume along with their license, certificates, expected take home salary and other information, if any.

Saturday, February 24, 2018

स्नाकोत्तर तह प्रथम बर्षका २०७३ साल असार महिनामा भर्ना भएका व्यवस्थापन तर्फका नियमित मात्र र मानविकी, जनप्रशासन र शिक्षा शास्त्र संकायतर्फका नियमित र प्राईभेट (पुरा तथा अांसिक) परिक्षा दिने परीक्षार्थिहरुकाे निम्न कार्यक्रमअनुसार परीक्षा संचालन हुने जानकारीका लागि यो कार्यक्रम प्रकाशित गरिएको छ।

स्नाकोत्तर तह प्रथम बर्षका २०७३ साल असार महिनामा भर्ना भएका व्यवस्थापन तर्फका नियमित मात्र र मानविकी, जनप्रशासन र शिक्षा शास्त्र संकायतर्फका नियमित र प्राईभेट (पुरा तथा अांसिक) परिक्षा दिने परीक्षार्थिहरुकाे निम्न कार्यक्रमअनुसार परीक्षा संचालन हुने जानकारीका लागि यो कार्यक्रम प्रकाशित गरिएको छ।