होटल छाडेर कार्यकर्ताको घरमा बसे प्रधानमन्त्री
होटल छाडेर कार्यकर्ताको घरमा बसे प्रधानमन्त्रपोखरा,
चैत्र २७ -
प्रधानमन्त्री सुशील कोइराला व्यवस्थापन गरिएको पाँचतारे होटलमा नगई
कार्यकर्ताकै घरमा बास बसेका छन् । प्रधानमन्त्री भएपछि बिहिवार पहिलोपटक
पोखरा आएका कोइराला फुलबारी रिसोर्टमा गरिएको आवास व्यवस्थापन रद्द गरेर
स्थानीय अर्जनु कुँवरको घरमा बसेका हुन् । कोइराला प्रधानमन्त्री हुनु
अगाडि पोखरा आउदा कुँवरकै घरमा बस्थे ।
पोखरा विश्व विद्यालयले प्रधानमन्त्रीका लागि फुलबारीमा कोठा बुक गरेर सुरक्षा 'रेकी' समेत भइसकेको थियो । कोइरालाले होटलमा राख्ने जानकारी पाउनासाथै आफु त्यहाँ नबसी कुँवरकहाँ नै बस्ने निर्णय गरेका थिए । आयोजक र सुरक्षा अधिकारीहरुले निजी घरमा समस्या हुने भन्दै होटलमै बस्न गरेको आग्रह कोइरालाले मानेनन् । उनले स्वकीय सचिव लक्ष्मण ढकालमार्फत कुँवरकहाँ बस्ने जानकारी मंगलवार नै पठाएका थिए ।
विश्व विद्यालयले प्रधानमन्त्रीको आवासका लागि फूलबारीको तीन कोठा बुक गरेको थियो । 'प्रधानमन्त्रीले होटलमा बस्न नमानेपछी बुकिङ रद्द गरियो', विश्वविद्यालय कुलपति कार्यालयकी उपप्रशासक रजनी केसीले कान्तिपुरसँग भनिन् ।
प्रधानमन्त्रीका लागि 'स्वीट' र अरु चार वटा 'डिलक्स' कोठा बुक गरिएको थियो । फूलबारी होटलले एक रातको 'स्वीट' को करिब ७० हजार (सात सय अमेरिकी डलर) तथा 'डिलक्स' को २५ हजार रुपैयाँ (दुई सय ५० अमेरिकी डलर) लिने गरेका छन् ।
'अस्ती बिहानै लक्ष्मणले फोन गरेर प्रधानमन्त्री पोखरा आउने र मेरै घरमा बस्ने जानकारी गराए' कुँवरले कान्तिपुरसँग भने, 'पहिला बसेपनि प्रधानमन्त्री भएपछी सुरक्षा लगायत विविध कारणले मेरो घरमा बस्नु हुन्न होला भन्ने लागेको थियो ।' प्रधानमन्त्रीका स्वकीय सविच र दुई जना सुरक्षाकर्मीसमेत चार जनामात्रै बस्ने खबर आएको कुँबरले भने ।
०४० सालदेखि नै यहाँ आएको बेला कुँवरको घरमा कोइराला बस्ने गरेका थिए । कोइराला कुँबरकहाँबाहेक कांग्रेसका अर्का नेता निर्मल कर्माचार्यकहाँ पनि बस्थे ।
कोइरालाको खानपान सुताइमा कुनै ठुलो व्यवस्थापन गर्न नपर्ने कुँबर दम्पत्ति बताउँछन् । सादा, नरम खानेकुरा र सामान्य विच्छ्यौना उहाँलाई मन पर्ने उनिहरुको अनुभव छ । कुँवरकी श्रीमती मिनाले प्रधानमन्त्री आउने दिनका लागि ल्याएको तरकारी देखाउँदै भनिन्, 'लौ हेर्नुस् गोलभेंडा, मुला, काउली सधै हुन्छ । आज उहाँलाई मनपर्ने कागती थपेकी छु ।' कोइरालालाई मासको दाल, पतेनाको अचार मनपर्ने उनले बताइन् । बिहान उठ्नासाथ तातोपानीमा आफैं कागती निचोरेर महसँग खाने कोइरालाको बानी भएको उनले सुनाइन् ।
लेकसाइडको भित्रपट्टी धेरै ठूला घरहरुको खोंचमा एकतले घर छ कुँवरको । सडक पनि साँघुरो भएकोले सुरक्षा अधिकारीहरुले केहि कठिनाई महसुस गरेका छन् ।
को हुन् कुँवर
पोखराको उत्तर पश्चिमी गाउँ ढिकुरपोखरी पुख्र्यौली घर भएका कुँवर कांग्रेसका सामान्य कार्यकर्ता हुन् । कांग्रेस नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला पनि उनकै घरमा बस्थे । ०४२ सालमा कांग्रेसको पश्चिमाञ्चल सम्मेलन उनकै घरमा भएदेखि यो परिवार पछिल्लो पुस्ताको कांग्रेसिजनमा परिचित छ ।
६१ वर्षीय कुँवर ०४६ सालमा निर्माण व्यवसाय छाडेर सकृय राजनीतिमा आएका हुन् । दुई पटक कास्की कांगे्रसका सभापतिले उनलाइ उपसभापति मनोनित गरेका थिए ।
- See more at: http://www.ekantipur.com/np/2070/12/27/full-story/387298.html#sthash.3i9My3vE.PzCaQ04a.dpuf
सुसाइड नोट...
दुखद र बियोगान्त पाल्पा घटना उनि हुन स्याङजालि चेलि । दोष कस्को तर मिडिया मौन,मोफसल पत्रकारितामा बिशिष्ट जिल्ला दाबि गर्ने पाल्पालि पत्रकार किन मौन छन ।आफ्नै मृत्युको हेडलाईन लेखेर ‘सुसाइड’..! पढ्नुस्, के लेखेकी छिन् श्यामकलाले सुसाइड
नोटमा ? (सुसाइड नोट सहित) (मालुङ्गा धाङलिङ
कि चेली श्यामकला)
***********
पाल्पा, बराङ्दी गाविस–२ की २९
बर्षीया शिक्षिका श्यामकला अधिकारीको रहस्यमय
मृत्यु भएको छ। शवसँगै प्राप्त ‘सुसाइड नोट’ मा ‘दाईजोका कारण मेरो हत्या हुँदै’
भन्ने ‘हेडलाईन’ लेखिएको छ। १९ गते राती श्यामकलाले लेखेको ‘सुसाइड
नोट’मा श्रीमान् र परिवारको यातना सहन नसकेर आफू र दुई
छोराछोरी समेतको मृत्यु हुँदै गरेको उल्लेख छ। श्यामकला चैत्र २० गते बिहान
घरको कोठाभित्र पासो लागेको अवस्थामा मृत भेटीएकी थिइन् ।
परिवारको संलग्नतामा श्यामकलाको हत्या गरिएको भन्दै
माईती पक्षले प्रहरीमा किटानी जाहेरी दिएका छन्।
उनका पति जीवन अधिकारी, नन्द गीता, देवर शंकर र सासु
प्रहरी हिरासतमा छन्। उनीहरुका ५ बर्षीया छोरी र ३
बर्षीया छोरा छन् । ‘सुसाइड नोट’मा ‘दुई छोराछोरीको समेत मृत्यु हुँदैछ’
भन्ने उल्लेख गरिएपनि उनीहरु सकुसल छन्।
सुसाइड नोट...
********
म अभागिनीको जिन्दगी यसरी सुरु हुन्छ, मिति २०७०/१२/१९ गते बुधबार। विवाह
भएको २०६०/११/२२ गते शुक्रबार। माइतीघर स्याङ्जा जिल्ला मालुङ्गामा पर्दछ।
बाबाको नाम चुरामणी हो। म किन यसरी आफ्नो जिन्दगी र छोराछोरीको जिन्दगीलाई अन्त्य गर्दैछु त? आज मेरो विवाह भएको पनि १० बर्ष पुगी ११ बर्षमा हिँड्दैछ। मैले यस जिन्दगीमा कुनै दिन राम्रो, खुसी र सुखी केही पनि पाइन। मेरो लोग्नेको माया के कस्तो हुन्छ भन्ने कुरा मलाई आज १० बर्षसम्म पनि केही थाहा छैन। तर कहिल्यै पनि हरेश खाँदिन थिएँ। मेरा पाखुरा छन्, मलाई केही कसैको डर लाग्दैन थियो। तर म आज बाध्य छु म नमर्दासम्म मलाई सुखै भएन त म के गरुँ? म भित्रिएदेखि मलाई आज
यो कुरा भोलि अर्को कुरा गरी– गरी मेरो ज्यान सुकेर ल हेर्नु कस्तो छ? यो उमेरको मान्छेको शरीर किन यस्तो भयो? आज १० बर्ष भयो, यो घरबाट साबुन, कपडा,
चप्पल आदि कुराहरु आजसम्म केही पाएकी छैन। २–२ वटा छोराछोरी भए लोग्नेको माया कस्तो हुन्छ थाहै छैन। छोरो जन्मदा लोग्नेले कतारबाट फोन गरेका थिए अझै मरेकी छैनस्भ नेर। यस्ता खालका चिठीहरु, मेरो जीवन (पति) ले पठाएका चिठीहरु मेरा दाई कृष्णप्रसाद भण्डारी र शोभाखर भण्डारीसँग छन्। ती सबै चिठीहरु एकएकगरी पढी किन
कसरी आफ्नो हत्या गरेको भन्ने थाहा हुन्छ। विवाहको दाइजो दराज लोग्नेले फुटालीदिएर माइतबाट अर्को दराज ल्याइयो। ल हेर्नु घरमा दुइदुइवटा दराज
दुईदुईवटा पलङ। टिभि सादा भयो भनेर फुटालीदिए। गाग्री चुहिने भयो भनेर कुच्याइदिए, मैले अहिले आएर पनि यस्ता कुराहरु कसरी सहने? मलाई बढी भयो। लोग्नेले
छोरो पेटमा हुँदा राम्दीको पुलमा गएर हाम फालेर मर भनेर कतारबाट चिठी पठायो। उक्त चिठी मेरो दाई कृष्णसँगै छ। उक्त पत्र पनि अवश्य पढिदिनुहोला। मेरो घरपरिवारको राम्रोसँग कारवाही भएन भने जो जस्ले मेरो काण्डबाट उम्काउनुहुन्छ उस्लाई म
मरेपनि छाड्ने छैन। म सपनीमा भएपनि उस्को परिवारलाई उस्लाई जे जसर पनि यही अवस्थामा ल्याइ पुर्याउने छु। एक होइन, दुई होइन, तीनवटाको यो मृत्यु कसरी भयो? कस्तो भयो? अलि बढी नै भएर होला नि? वरपर तलमाथि, दायाँबायाँ मेरो बारेमा सबैलाई थाहा छ सोध्नुहोला। मैले बराङ्दी प्रा.विमा बाल सहयोगी कार्यकर्ता भएर पढाएकी छु।
मेराबारेमा के कस्ता घटना घटे बालबच्चाले भविष्यमा गएर कति दुःख कष्ट सहनु पर्छ भन्ने कुरा कस्लाई के थाह? त्यसकारण मेरो छोरी पनि भोलि गएरयही मेरो स्थितिमा भैदियो भने के होला? आज बिहान पनि तँ रण्डी नमरुन्जेल मलाइ सुख
भएन, दुनियाँ भरीका कुराहरु, नाना बेखन्ना कुराहरु
मेरो श्रीमान्ज्यू जीवन अधिकारीबाट भयो। त्यसकारण हिजो राती १२:३० बजे घरमा हल्लाखल्ला भयो। छोराछोरी कहालिदै ममी भन्दै रोए। देवर कान्छाले खुर्पा हातमा लिई यहीँ सिध्याउँछु भन्दै आए। बल्लबल्ल सुतेको हो। मेरो कोठामा रातीको १२:३०
बजे आई सासु, ससुरा, नन्द, देवर र जीवनले सारै नराम्ररी भने,
हल्लाखल्ला गरे। म नमर्दासम्म पनि नरोइकन खान पाईन।
त्यसकारण म मरेको खुसीमा खसी खाने भनेका जीवनले राँगो खाए हुन्छ।
मेरो लोग्ने र घरपरिवारलाई कहिल्यै पनि खुसी र सुख नआओस्।
सबैका आँखामा सधै आँसु नै आँसु रहोस्। लोग्नेले स्वास्नी नपाएर कुकुरले नपाएको दुःख पाओस्। कुनैदिन स्वास्नीसँग हाँसेर बोल्न नपाओस्। स्वास्नी पाएपनि संसारकै रण्डी,
चोर्नी, बेत्ताले पाओस्। छोराछोरीको मुख देख्न नपाओस्। म मरेपनि दिनरात
यही घरवरीपरि बसिरहन्छु। जहाँ लोग्ने जान्छ त्यहीँ यसलाई
सधैभरी दुःख नै दुःख दिन्छु। यसका आँखामा एकदिनपनि हाँसो देख्न चाहन्न।
स्कुल पढाउँछु तलब देवरले बुझ्ने हो। कसरी दुईवटा केटाकेटी हेरुँ?
मैले के गरुँ? अहिलेको जमाना कस्तो छ? आजसम्म १० बर्ष
पुगी ११ बर्ष लाग्यो लोग्नेको हातबाट एक रुपैयाँ पाएकी छैन। कसरी म चल्नु? यी सबैकुरा र मेरा चिठीजति सबै प्रत्येक–प्रत्य ेक पत्रिकामा छपाईदिनुहोला। रेडियो नेपाल,
टिभी, बिबिसीबाट सबै प्रचार–प्रसार गरिदिनुहोला। मेरो पैसा भनेको मसँगसँगै पढाउने मेडम कल्पना भट्टराईसँग पच्चीस हजार लिन छ। चैत्र १ गते दिएको उक्त
पैसा मेरी बहिनी राधा बश्यालकी छोरी रोशिका बश्याललाई दिनुहोला र जिम्मालकी सुमित्रा बश्याललाई मैले २ हजार दिनु छ त्यही मध्येबाट दिनु होला।
तानसेन सूर्य लाईफ इन्स्युरेन्समा छोरी सन्जु अधिकारीको नामबाट
बिमा खोलेकी थिएँ अहिले यही चैत्रमा २ बर्ष पुगी ३ बर्ष लाग्यो।
पैसा बुझाएकी छु उक्त इन्स्युरेन्सको डाटा कल्पनाकी मम्मी राजकुमारकी श्रीमतीसँग
छ। किनभने मेरो लोग्नेले उक्त पैसा ननिकाल्दासम्म मलाई रातदिन
तँलाई मार्छु भनेको भन्यै गरे। उक्त मम्मीलाई राख्न दिएकी हुँ। उहाँको केही गल्ती छैन।
उक्त पैसा मैले नखाएर, नलगाएर एकएक रुपियाँ गरेरजम्मा गरेको पैसा हो। उक्त
पैसा मेरो परिवारलाई कुनैपनि हालतमा नदिनु होला। बरुउही संस्थालाई दिनु,
मेरो परिवारलाई नदिनु। उक्त पैसा पनि बहिनीकी छोरी रोशिका बश्याललाई
दिनुहोला। र दाईहरुसँग लिन भएको पैसा जम्मा २० हजार मात्र हो उक्त पैसा पनि उनै
रोशिका बश्याललाई दिनुहोला। अब यसलाई आजका ६ महिनामा फेरि आफ्नै
परिवारको काट्टो खान पर्नेछ। र त्यो छ महिना पुगेपछि फेरि अर्को गरेर लगातार
आफ्ना दरसन्तान ६/६ महिना पालो गर्दै लैजाँदै गर्नेछु। ख्याल गरेस्, होस राखेस्। कस्को बाउको काट्टो खाने हैछ? आजसम्म मलाई र मेरा छोराछोरीलाई यो घरकाले एकरुपैयाँ खर्च गरेर एउटा केही पनि ल्याइदिएका छैनन्। कसरी म बाँचु? मेरो बाँच्ने
आधार खै त? स्कुल पढायो तलब देवर बुझ्छन्। रात न दिन घरमा काम गर्यो एक रुपैयाँ कसैले दिन्न। कसरी म बाँचु, कसरी म हाँसु? यो लेखन मेरा माईती पक्षलाई सबैलाई पढ्न
दिनुहोला। मैले भने गरेका कुरा सही सत्य छन्। वरपर, तलमाथि सबैलाई सोध्नु होला।
राम्रोसँग सबैलाई २० गुणा ३ बराबर ६० बर्षको जेल अवश्य नै हुनुपर्छ। तर दुईवटी देउरानीको भने केही दोष छैन। कडा भन्दा कडा कारवाही हुनैपर्छ।घरपरिवार सबैलाई, नन्दलाई पनि। मेरा टप, छोरीका छोराका मुन्द्रा, मेरा मुन्द्रा बहिनी राधा बश्याललाई
दिनुहोला। विवाहको सिक्री मेराबाबाले लगाइदिएको सिक्रीमा रु ७ हजार थपेर
ठूलो बनाएकी थिएँ, ३ बर्ष पहिले ४० हजार तोला सुन हुँदा,
त्यसको पनि हिसाब गरेर उक्त सुन या पैसा बहिनी राधा बश्याललाई दिनु होला।
ल त मेरो मोबाईल मेरो लोग्ने कतारबाट आएपछि उनकै हातमा छ, मसँग छैन, कति बज्यो रातको थाहा छैन। भोलि २०७०/१२/२० गते हो। म यो संसारमा रहन्न। मेरो लोग्नेलाई शुभकामना। सधै पिर चिन्ता, दुःख, रोग व्याधी, मुहार कहिल्यैपनि राम्रो नहोस् सधै रुन्चे मुहार होस्।...
जनपुर बमकाण्ड राजनीतिक उद्देश्यका लागि
काठमाडौं २८ चैत । जनकपुर बम काण्डका मुख्य
अभियुक्त मुकेश चौधरीले राजनीतिक उद्देश्य पुर्तिका लागि जनकपुर बम काण्ड
गराईएको अदालत समक्ष बयान दिएका छन्।
ज्यान मार्ने उद्योगमा दर्ता भएको
मुद्दामाथि धनुषा जिल्ला अदालतको बेन्च नम्बर २ का न्यायाधिश कैलाश केसीको
एकल इजलासमा चौधरीसंग लिइएको बयानमा उनले उक्त कुरा बताएका हुन्।
आफूले बम काण्ड गराएको स्वीकार समेत गरेका
चौधरीले आफ्नो संगठन तराई जनतान्त्रिक पार्टीको मुख्य सल्लाहकारको रूपमा
सभासद् संजय साह रहेको बयानमा उल्लेख गरेका छन्।
जनकपुरमा मिथिला राज्यको मांग गरि भइरहेको
आन्दोलनले देश टुक्र्याउने उद्देश्य बोकेकोले उक्त आन्दोलन समाप्त पार्न बम
काण्ड गराइएको चौधरीले बताए।
सभासद् साहको समेत संलग्नता रहि बनाइएको योजनाले जिवनाथ चौधरीलाई मात्र लक्षित गरि बम विष्फोट नगराईएको चौधरीले बताए।
सदभावना पार्टीका उपाध्यक्ष समेत रहेका
साहसँग आफ्नो पहिलादेखि नै चिनजान रहेको र त्यसैक्रममा उनले पार्टी चलाउनका
लागि पाँच लाख रूपैयाँ आर्थिक सहयोग गरेको चौधरीले बयान दिएका छन्।
पाँच लाखबाहेक साहसँग कुनै रकम आफूले
नलिएको र बम काण्ड गराउनका लागि ओम प्रकाश यादव मार्फत आठ लाख रूपैंया
लिएको भनि झुठो आरोप लगाईएको चौधरीले स्पष्ट पारे।
चौधरीसंगै अर्का अभियुक्त ओम प्रकाश यादवको
समेत बयान लिइएको थियो। यादवले प्रहरी समक्ष आफूले बम काण्ड गराउनका लागि
सभासद् साहबाट आठ लाख रकम लिई चौधरीलाई बुझाएको स्वीकार गरेको भएपनि
अदालतमा बयान फेरेका थिए।
यादवले घटनामा आफ्नो कुनै संलग्नता नरहेको
बताएका थिए। तर, उनका प्रतिवादी अधिवक्ता चन्द्रकुमार मैनालीले यादवले
प्रहरीलाई दिएको बयानको भिडियो रेकर्ड रहेको हुनाले त्यसलाई प्रमाण मानि
कानुनी कार्वाहीको मांग गरेका थिए।
मिथिला राज्य संघर्ष समितिका संयोजक
परमेश्वर कापडी, जिवनाथ चौधरी, प्रमिला दास, दिपनारायण यादव, मोहम्मद अजिर
शेष, दुखमोचन चौधरी, लाल किशोर दास तथा धिरेन्द्र मोहन झाले दिएको जाहेरीका
आधारमा सरकारी अधिवक्ता पूर्ण पाठकसहित जाहेरी वालाको तर्फबाट अन्य ६ जना
अधिवक्ताले चौधरी र यादवको विरु द्धमा बहस गरेका थिए।
यता प्रतिवादी यादवको तर्फबाट श्याम
मिश्रा, विजय ठाकुर र प्रकाश घिमिरेले बहस गरेका थिए भने चौधरीको तर्फबाट
प्रतिवादीमा उनका बुवा दिनेश चौधरीमात्र रहेका थिए।
चौधरी र यादवलाई बयानको लागि लैजाँदा
प्रहरीले विशेष सुरक्षाको व्यवस्था गरेको थियो। घटनाको मुख्य योजनाकार
भनिएका सभासद् साह हाल सम्म फरार छन्। अन्नपूर्ण पोष्ट
बलात्कारपछि बालिकाको हत्या
बारा, चैत २८ – बारामा फेरि एक बालिकाको बलात्कारपछि हत्या भएको छ ।भारत घर भई हाल बाराको कलैया नगरपालिका १० मामाघरमा बस्दै आएकी १० वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको हो ।
बिहीबार साँझदेखि घरबाट हराएकी उनलाई खोजतलास गर्ने क्रममा कलैया बरेवा दरबारभित्र अचेत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताउनुभयो ।
बालिकाको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
घटनामा संलग्नहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा नै राखिएको छ ।
यसअघि गत चैत २० गते बाराकै सिंहासनी गाविस वडा नम्बर ६ की १७ बर्षकी किशोरी सरिताकुमारी महराको पनि बलात्कारपछि घाँटी थिचेर हत्या भएको थियो ।
हत्यामा संलग्न रहेका स्थानीय युवक अजय साह फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमार्डौं । काठमाडौंका विभिन्न डन र सुन तस्करको दबाबमा गृहमन्त्री बामदेव गौतम यतिबेला काठमाडौं प्रहरी प्रमुख रमेश खरेललाई जसरी पनि सरुवा गर्ने वा हटाउने अभियानमा जुटेका छन् । बिगतमा बहालवाला आइजीपी अच्यूतकृष्ण खरेलसँग खटपट परेपछि खरेललाई हटाएर ध्रुबबहादुर प्रधानलाई आइजीपी बनाउनसमेत पछी नपरेका गौतम अहिले ‘माउ खरेललाई त तह लगाइयो’ भन्दै अहिलेका ‘चेला खरेल’ का पछि परेका छन् ।
एसएसपी खरेलले केही समय यता राजधानीमा चलाइरहेको गुण्डा तह लगाउने अपरेशन तत्काल बन्द गर्न गृहमन्त्री बामदेवलाई एमालेका अर्का नेता केपी ओलीले समेत दबाब दिदै आएका थिए । कुनै पनि राजनीतिक दबाब नमान्ने खुला चुनौती दिँदै खरेलले गुण्डा तह लगाउन थालेपछि गुण्डाका संरक्षण गर्ने एमाले र काँग्रेसका कतिपय नेताहरु आत्तिएका छन् । केही दिनपहिले बाघेलगायतका दुई डनलाई छुटाउन प्रधानमन्त्री कार्यालयबाटै एसएसपी रमेश खरेललाई धम्की भरिएको फोन गएको थियो । प्रधानमन्त्री कार्यालयकै दबाब आएपछि उनीहरु छुटेका थिए ।एमाले सुत्रका अनुसार बामदेव गौतमले मुखले गुण्डा तह लगाउँछु भने पनि भित्र–भित्र उनी आफु अनुकुल निर्णय होस् भन्ने चाहन्छन् । आफ्नो पक्षका गुण्डाको संरक्षण गरी अन्य गुण्डामाथि कारवाही चलाउने गौतमको इच्छा भए पनि एसएसपी रमेश खरेलले सबै गुण्डालाई तह लगाउने अडान राखेपछि खटपट सुरु भएको बताइन्छ ।
dinesh adhikari chariबामदेव गौतम अहिले केपी ओलीले संरक्षण प्रदान गरेका डन दिनेश अधिकारी ‘चरी’ र परशुराम बस्नेतमाथि कुनै कारवाही नहोस् भन्ने चाहन्छन् । केपी ओलीलाई चुनाव जिताउन विशेष भूमिका निर्वाह गरेका र आगामी महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन पनि खाँचो पर्ने भएकाले चरी र परशुरामको संरक्षण गर्न गृहमन्त्री कस्सिएका हुन् । एसएसपी खरेलले पक्राउ गर्ने भएकाले चरी अहिले विदेशीएका छन् । केही समयअघि विदेशमा चर्चित मोडल खुश्वु ओलीसँग विवाह गरेका चरी एसएसपी खरेलकै डरले स्वदेश फर्कन सकिरहेका छैनन र आफ्ना संरक्षक अर्थात गौतम र ओलीलाई आफनो सुरक्षाका लागि बारम्बार फोन गरिरहेका छन् ।
हालै मात्र अर्का डन् अर्थात ‘फ्याउरे गुण्डा’ गणेश लामालाई पक्राउ गरेका खरेलले एमालेको युवा संघका केन्द्रीय सदस्य अमीता लामालाई पनि पक्राउ गरेका छन् । युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतले ‘बिना कारण युवा संघका केन्द्रीय सदस्य अमित लामा पक्राउ गरी चलचित्र सिंघम शैलीमा पत्रकार सम्मेलन गर्ने प्रहरी अधिकृतमाथि कारबाही होस्’ भन्दै गृहमन्त्रीसँग माग गरेबाट पनि गृहमन्त्री गुण्डाको दबाबमा रहेको बुझ्न सकिन्छ । कसैलाई बाँकी नराख्ने एसएसपी खरेलले स्वदेश फर्किएमा चरी पक्राउ पर्ने पक्का छ ।
आफ्ना कार्यकर्ताको चर्को दबाब आएपछि आफ्ना निकटका गुण्डालाई बचाउने तयारी बमोजिम दबाब दिन गृहमन्त्रीले एसएसपी खरेललाई भेट्न डाकेका थिए । तर खरेल उनलाई भेट्न गएनन् । खरेलको तर्क थियो, ‘मैले भेट्ने भनेको आइजीपीलाई हो । मेरो विभागीय हाकिम आइजीपी हो । आइजीपीलाई बाइपास गरेर मैले भेट्न मिल्दैन । यसरी आफूभन्दा माथिल्लो तहका अधिकारीलाई मिचेर मैले गृहमन्त्री भेट्दै जाने हो भने प्रहरी संगठनको चेन अफ कमाण्ड भत्किन्छ ।’
खरेलको तर्क गलत थिएन । तर, खरेललाई सुटुक्क आफ्नो हैकम लादन बोलाएका गृहमन्त्री गौतम खरेल उनलाई भेट्न नगएपछि बम–बम भए । त्यही रिस फेर्न उपप्रधानमन्त्रीसमेत रहेका गौतमले काठमाडौं प्रहरी प्रमुख खरेल ‘सेलीब्रेटी बन्न खोजेको’ आरोप लगाए । युवा संघ नेपालको केन्द्रीय कमिटिको तेस्रो पूर्ण बैठकलाई धुलिखेलमा सम्बोधन गर्दै गृहमन्त्री गौतमले सिंहदरबारमा कार्यालय र ललितपुरमा मन्त्री निवास हुँदासमेत खरेल आफुलाई भेट्न नआएको गुनासो गरेका थिए । ‘एसएसपी खरेल मसँग भेट गर्न आएका छैनन्’, उनले भनेका थिए, ‘मसँग आएर भेट्दा स्वाभिमान गिर्ने ठानेका रहेछन् । उनले खरेलले पक्रिने अनी दुइ तिन दिनमा छाडने खरेल शैलीको आलोचना गर्दै भनेका थिए, ‘पक्रिने र दुई तिन दिनमा छाड्ने तरीका अपराधीलाई उन्मुक्ती दिने शैली हो । बिगतमा पनि यस्तै भएको छ ।’
गृहमन्त्री गौतम र खरेलवीचको यो जुहारी र शक्ति संघर्षले आम रुपमा गुण्डाहरुको भने मनोबल बढेको छ । गृहमन्त्री नै आफनो पक्षमा नभएको सन्देश बाहिर जाँदा एसएसपी खरेललाई संगठनमा अरुले नटेर्ने अवस्था आउनसक्छ । अनी एउटा एसएसपीले समेत टेर पुच्छर नलाएको सन्देशले गृहमन्त्रीको कमजोर हैसियत उजागर गर्छ । खरेललाई सरुवा गर्न पनि नसक्ने र सार्वजनिक रुपमा उनीविरुद्ध बोल्दै हिंड्ने शैलीले गृहमन्त्रीकै साख गिरेको छ । आम जनतामा लोकप्रिय मानिएका खरेललाई अहिले हटाएमा वा सरुवा गरेमा गृहमन्त्री सोझै डनहरुको इशारामा चलेको सन्देश जाने भएकाले सजिलै उनले खरेललाई सरुवा गर्नसक्ने अवस्था छैन । गृह मन्त्रालय र प्रहरी सँगठनवीचको यो रस्साकस्सीले अन्नततः मुलुकको सुरक्षा व्यवस्थामै प्रतिकुल असर गरिरहेको छ ।
No comments:
Post a Comment