Sunday, July 17, 2016

पुर्व-पश्चिम राजमार्ग विस्तृत जानकारीः


================
1. पुर्वमा झापा जिल्ला (मेची अञ्चल)को काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुर जिल्ला (महाकाली अञ्चल) को वनवासासम्म पुग्ने यो राजमार्गको लम्बाई 1027.67 कि.मी. रहेको छ ।
2. वि.सं. 2018 मसिँर 3 गते पोखरास्थित पार्दी बाँध उद्घाटनका अवसरमा राजा महेन्द्रबाट पूर्व- पश्चिम राजमार्ग निर्माण गर्ने घोषणा भएअनुरुप वि.सं. 2019 बैशाक 1 गतेका दिन नवलपरासीको गैँडाकोटमा राजा महेन्द्रबाट नै यो राजमार्गको शीलान्यास भएको थियो ।
3. महेन्द्र राजमार्ग पनि भनिने यो राजमार्गले नछुने तराईको जिल्ला पर्सा हो भने यसले छुने पहाडका जिल्ला मकवानपुर र अर्घाखाँची हुन् । यो राजमार्गले 21 जिल्ला छुन्छ ।
4. महेन्द्र राजमार्गको सबैभन्दा होचो भाग सुनसरीको इटहरी (71 मिटर)मा पर्छ भने सबैभन्दा अग्लो भाग बाँकेको पुस्मा (950 मिटर) मा पर्छ ।
5. महेन्द्र राजमार्गले सबैभन्दा कम छुने जिल्ला अर्घाखाँची र सबैभन्दा बढि छुने जिल्ला नवलपरासी हो ।
6. महेन्द्र राजमार्गको निर्माणमा सहयोग गर्ने विभिन्न राष्ट्र तथा संस्थाहरुको विवरण निम्नबमोजिम छः
क. मेची - ढल्केबर खण्डः भारत
ख. ढल्केबर - पथलैया खण्डः रुस
ग. हेटौँडा - नारायणगढ खण्डः एसियाली बिकास बैँक
घ. नारायणगढ - बुटबल खण्डः बेलायत
ङ. बुटवल - कोहलपुर - बनवासा खण्डः भारत

No comments: