मिति २०७० फाल्गुण ७ गते बुधबारको गोरखापत्रबाट
• महाकाली सन्धी कहिले भएको थियो ?
– सन् १९९६ जनवरी २९
• जावलाखेलस्थित मानभवन कुन ३ महाराजले आफ्ना छोरा मानशमशेरका लागि निर्माण गराएका थिए ?
– श्री ३ जुद्द शमशेर
• सम्राट अशोककी माता शुभद्राङ्गी ( धर्मादेवी ) थिईन भने पिता को थिए ?
– विन्दुसार
• पृथ्वीनारायण शाहले सर्वप्रथम विजय हासिल गरेको राज्य कुन हो ?
– नुवाकोट
• मल्लकालमा मन्त्रीसरहको पदलाई अमात्य भनिन्थ्यो भने प्रधानमन्त्री पदमा के भनिन्थ्यो ?
– चौतारा
• लिच्छवीकालमा विवाह,पुर्नविवाह र सम्बन्धबिच्छेदको काम गर्ने अड्डालाई के भनिन्थ्यो ?
– माप्चोक
• दक्षिण पूर्वी एसियाली मुलुक थाईल्यान्ड कहिले संवैधानिक राजतन्त्रात्मक मुलुक भएको हो ?
– सन् १९३२
• स्याम भनिने यो मुलुकलाई कहिलेदेखि थाइल्यान्ड भन्न थालिएको हो ?
– सन् १९३८
• सन् २०१४ जनवरी ११ तारिखमा ८५ बर्षको उमेरमा निधन भएका इजरायली पूर्व
प्रधानमन्त्री एरियल स्यारोनलाई इजरायलमा कुन उपनामले चिनिन्छ ?
– बुल्डोजर
• संविधानसभा २ मा समानुपातिकतर्फबाट रुपन्देहीको तौलिहवास्थित पसलमा पान
बोक्दैआएकी एकल महिला पनि सभासद् भएकी छिन् । भन्नुहोस् उनको नाम के हो ?
– श्रीकान्ती पासी
• संविधानसभा २ मा नेपाली काग्रेसका १९४ सभासद्मध्ये कति नयाँ सभासद् छन् ?
– १७८ जना
• दोस्रो संविधानसभा निर्वाचनमा सबैभन्दा कम मत पाउने पार्टीले ९९६ मत मात्र पाएका थिए भने त्यो कुन राजनीतिक दल हो ?
– नेपाली जनता दल
• राष्ट्रिय दलित आयोगको अध्यक्षको हुन् ?
– सुशिला सिर्पाली
• २०७० साल चैतदेखि नेपालका कुन दुई जिल्लाका बालबालिका ( २६ हजार ) ले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ?
– डडेल्धुरा र कञ्चनपुर
• नेपालको राजधानी काठमाडौंमा हाल कति संख्यामा क्याफे छन् करिब ?
– ४ सय
• नेपालमा सबैभन्दा बढी कफि आयात गर्ने जिल्ला कुन हो ?
– ललितपुर
• नेपाल र चीनबिच पहिलोपटक कहिले हवाई सेवा सम्झौता भएको थियो ?
– सन् २००२\०३ मा
• हाल चीनबाट कति ठूला वायुसेवा कम्पनीले नेपालमा सातामा १४ उडान गरिरहेका छन् ?
– ३
• चितवन जिल्लाभर करिब कति हेक्टर क्षेत्रफलमा माछापालन गरिएको छ ?
– ३५ सय हेक्टरमा
• चितवन जिल्लामा उत्पादन उत्पादन भएको माछाले नेपालको कति प्रतिशत माग धानेको छ ?
– १० प्रतिशत
• विश्वमा करिब पाँच हजार दुर्गम प्रजातिका काला गैडा छन् । तीमध्ये एकतिहाई संख्या कुन अफ्रिकी मुलुकमा मात्र यी गैडां पाइन्छन् ?
– नामिबिया
• नेपालमा हाल कति जिल्लामा ट्राउट माछापालन गरिएको छ ?
– १६ जिल्लामा
• नेपालको मेची पहाडमा २ सय १० हाराहारीमा रेड पान्डा रहेको अनुमान गरिएको छ भने संसारभर कति रेडपान्डा छन् ?
– २५०० संख्यामा
• यादव भट्टराईद्दारा निर्देशित झोला चलचित्र कुन साहित्यकारको झोला कथासंग्रह कृतिबाट बनेको हो ?
– कृष्ण धाराबासी
• सन् २०१४ जनवरी २४ मा वितरण गरिएको ५६ औं संस्करणको फिल्म फेयर अर्वाडमा सर्वोत्कृष्ट फिल्म कुन घोषित भयो ?
– भाग मिग्खा भाग
• अतितका बिस्कुन निबन्ध संग्रहका लेखकको हुन् ?
– अनिल पौड्याल
• दुर्गा शक्तिका पिठमा बलि नचढाईने नेपालको एकमात्र मन्दिर कुन हो ?
– कङ्काली माई मन्दिर
• नेपालको कुन मन्दिरमा जिउँदो बाख्रा चढाइने गरिन्छ ?
– सिद्दकाली रुद्रायणी मन्दिरमा
• चमार जातिका महिलालाई के भनिन्छ ?
– चमैन
• सन् २०१३ को फिफा पुरस्कार अन्तर्गत फेयर प्ले अवार्ड प्राप्त गर्ने कुन एसियाली मुलुक हो ?
– अफगानिस्तान
• तेस्रो राष्ट्रिय महिला बुद्दिचाल प्रतियोगिताको उपाधि कसले प्राप्त गरिन् ?
– बिना जैसवाल
• २०७० साल माघ १० गते बनेपामा सम्पन्न १८ औं राष्ट्रिय बुद्दिचाल च्याम्पियनसिपको उपाधि कसले प्राप्त गरे ?
– केशव श्रेष्ठ
• १२ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा पुरुषतर्फ एपिएफका जितेन्द्र परियारले उपाधि जिते भने महिलातर्फको उपाधि कसले जितिन् ?
– विभूति सिंह
• नेपालमा सबैभन्दा बढी एच आई भी पिडित कुन जिल्लामा रहेका छन् ?
– अछाम
• नेपालमा सबैभन्दा बढी हात्तीपाईले रोगीको संख्या भएको जिल्ला कुन हो ?
– कैलाली
• सामान्य आँखाका लागि आँखाबाट कति सेमीको दूरीमा नजिकको बिन्दु पर्छ ?
– २५ सेमी
• बाग्मती सफा महाअभियान कहिलेदेखि सुरु गरिएको हो ?
– वि.सं २०६९ मंसिर ४ गते
• हामीलाई कोही देख्दै माया लाग्ने कोही देख्दै रिस उठ्नेलाई के भनिन्छ ?
– डेजा भ्यू
• उचाईको हावापानीसँगै आफूलाई ढाल्नुलाई के भनिन्छ ?
– एक्लमटाइज
• विद्दुत प्राधिकरणले अत्याधिक बिजुली चोरी भएको भन्दै कुन जिल्लामा थप दुईदेखि चार घण्टा बोनस लोसेडिङ्ग गर्दै आएको छ ?
– भक्तपुर
• नेपालको सहकारी क्षेत्रमा ४० लाखभन्दा बढी सदस्य रहेका छन्, अब भन्नुहोस महिला सहभागिता कति प्रतिशत रहेको छ ?
– ४२ प्रतिशत
• जनकपुर– जयनगर रेलमार्ग कति किमी रहेको छ ?
– २६ किमी
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म
हो त्यसैले सबैले लाइक तथा शेयर
गर्न नभुल्नुहोला !!
खरिदार सुब्बा
No comments:
Post a Comment