Monday, December 15, 2014
लोकसेवाले माग्यो चार सय ६५ अधिकृत
अहिलेसम्मकै सबैभन्दा धेरै पदमा आवेदन माग
______________________________________
काठमाडौं, २४ मंसिर – लोक सेवा आयोगले चार सय ६५ अधिकृत पदका लागि खुला प्रतियोगिताबाट पदपूर्ति गर्न विज्ञापन प्रकाशित गरेको छ।
लोकसेवा आयोगले बुधबार विभिन्न सेवा र समूहमा गरी यी पदमा आवेदन आह्वान गरेको हो । यो अधिकृत स्तरमा अहिलेसम्मकै सबैभन्दा धेरै पदका लागि खुला आवेदन मागिएको हो ।
सरकारले नयाँं नगरपालिका थपेको र नगरपालिकामा अधिकृतस्तरका कर्मचारी आवश्यक हुने र जेष्ठताको आधारमा निजामति सेवा ऐनको दफा २४ (घ) अन्तर्गत बढुवाहरु ठूलो संख्यामा निवृत्त भएकाले पनि यति धेरै पद खुलाइएको हो । लोकतन्त्र आएसँगै निजामति ऐनमा संसोधन गरी स्वतः बढुवाको प्रावधान राखिएपछि खुला प्रतिस्पर्धा गराउने पद संख्या घटेको थियो ।
परीक्षा हुने मितिसम्म अझै पद थपिन सक्ने सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार करिव पाँच सय पद पुग्न सक्छ । यी पदका लागि साधारण दस्तुरमा आगामी पुष १५ गतेसम्म र दोब्बर दस्तुर तिरेर पुष २२ गतेसम्म आवेदन गर्न सकिने छ ।
लोकसेवा आयोगका अनुसार खुलातर्फ दुई सय २४ पदमा आवेदन गर्न सकिने छ भने बाँंकी दुई सय ४१ पदमा आरक्षण सिद्धान्त अन्तरगत परीक्षा लिइने छ । खुलातर्फका दुई सय २४ पदमध्ये न्याय सेवामा २३, कानुन समूहमा ४, सरकारी वकिलतर्फ ११, परराष्ट्र सेवामा ३, प्रशासन सेवामा ९९, प्रशासन लेखामा ५९, प्रशासन राजस्वमा १९, लेखा परीक्षण सेवामा ५ र व्यवस्थापिका संसदतर्फ १ पदमा पदपूर्ति गरिने भएको छ ।
आयोगले महिलाका लागि मात्र ७७ सिट आरक्षण गरी विज्ञापन प्रकाशित गरेको छ । महिलाका लागि न्याय सेवाको न्याय समूहमा ६, न्याय सेवाको कानुन समूहमा २, न्याय सेवाकै सरकारी वकिल समुहमा ८, परराष्ट्र सेवामा १, प्रशासन सेवाको सामान्य प्रशासन समूहमा २७, प्रशासन सेवाको लेखा समूहमा १७, प्रशासन सेवाको राजस्व समूहमा ४ र लेखापरीक्षण सेवातर्फ १ पदमा विज्ञापन प्रकाशित गरिएको छ ।
त्यस्तै आदिवासी जनजातितर्फ ६४ सिट आरक्षण गरी विज्ञापन प्रकाशित गरिएको छ । यस अन्तरगत न्याय समूहमा ५, कानुन समूहमा १, सरकारी वकिल समूहमा ९, सामान्य प्रशासन सेवामा २२, लेखा समूहमा १३ र राजस्व समूहमा ४ चार पदका लागि विज्ञापन प्रकाशित गरिएको छ ।
त्यस्तै मधेशीतर्फ ५५ सीट आरक्षण गरिएको छ । यी पदमध्ये न्याय समूहमा ५,कानुन समूहमा १, सरकारी वकिल समुहमा ८, सामान्य प्रशासन समूहमा १७, लेखा समूहमा ११, राजस्व समुहमा ३ र लेखा परीक्षण समुहमा दुई पद खुलाइएको छ ।
त्यस्तै दलिततर्फ २४ पद आरक्षण गरिएको छ, जसअन्तरग न्याय समूहमा २, कानुन समूहमा १, सरकारी वकिल समूहमा ५, सामान्य प्रशासन समूहमा ७, लेखा समूहमा ५ र राजस्व समूुहमा १ पद रहेका छन् । आयोगले अपांग क्षेत्रका लागि १२ सीट आरक्षण गरी दरखास्त आह्वान गरेको छ । यस अन्तरगत न्याय समुहमा १, सरकारी वकिल समुहमा १, सामान्य प्रशासन समूहमा ४, लेखा समूहमा ३, र राजस्व समूहमा १ सीट रहेका छन् ।
त्यस्तै पिछडिएको क्षेत्रका लागि ९ सीट आरक्षण गरिएको छ, जस अन्तरग न्याय समूहमा २, सरकारी वकिल समूहमा १, सामान्य प्रशासन समूहमा ३, लेखा समूहमा २ र राजस्व समूहमा १ सीट रहेका छन् ।
लोकसेवा आयोगले सबै सेवा समूहको पहिलो चरणको प्रशासनिक अभिरुची परीक्षण माघ २४ गते गर्ने भएको छ । पहिलो चरण उतीर्ण भएका उम्मेदारहरुको परीक्षा चैत २५ देखि ३० गतेसम्म तय गरेको छ ।
यो पनि पढ्नुहोस :
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment