Tuesday, July 12, 2016

‎शिक्षक_सेवा_आयोगको_लागि_प्रश्नोत्तर‬:-

१) .एसएलसी पास गरेका प्रथम प्रधानमन्त्री को हुन ?–चन्द्रशमशेर
२) विद्यालय निरीक्षणको सुरुवात कुन देशबाट भएको हो ? संयुक्त राज्य अमेरीका
३) गोरखा भाषा प्रकाशिनी समितीले निकालेको पहिलो पुस्तक कुन हो ? गोरखा शिक्षा
४) कसको पालामा राजकीय आयुर्वेदिक पाठशालाको स्थापना भयो ? चन्द्रशमशेर
५) नेपालमा प्रथम महिला प्रिन्सीपल को हुन ? अंगुरबाबा जोशी
६) विशेक्ष् शिक्षा कस्ता किसिमका बालबालिकालाई दिइन्छ ? शारीरिक, मानसिक कमजोरी भएकाहरुलाई ।
७) स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु नै शिक्षा हो । यो भनाइ कसको हो ? अरस्तु
८) शिक्षाको कार्यक्षेमता मूल्याकन अभिलेख कसले राख्दछ ? विद्यालय निरीक्षक
९) हिज्य हाजिरीजवाफ पाठ्यक्रम केका लागि राखिन्छ ? मानसिक र बौद्धिक विकासका लागि ।
१०) जिल्ला शिक्षा अधिकारीको व्यावस्था कुन सालमा भएको हो ? वि.स २०१८ सालमा
११) नेपालमा योजनावद्धरुपमा पाठ्यक्रमको निर्माण कहिलेदेखि भएको हो ? वि.स २०२८ सालमा
१२) नेपालमा सर्वप्रथम विद्यालयस्तरमा सरकार विरोधी प्रदर्शन कहिले भयो ? वि.स २००४ सालमा ।
१३) रेडियो शिक्षा शिक्षण कार्यक्रम कसले संचालन गर्दछ ? दूरशिक्षा केन्द्र
१४) प्राथमिक विद्यालयमा भर्ना गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्यरुपमा पेश गर्नुपर्ने व्यावस्था कहिलेबाट भएको हो ? वि.स २०४९ फागुन २४ गते
१५) त्रिभुवन विश्वविद्यालय स्थापना हुनुभन्दा अगाडी सरकारी र गैरसकारी स्तरमा कतिवटा कलेजहरु स्थापना भएका थिए ? सरकारी ५ वटा र गैरसरकारी १६ वटा कलेज
१६) नेपालमा २०१४ सालसम्म महाविद्यालयको सख्या कति थियो ? १८ वटा
१७) एस.ओ.एस बालग्रामको स्थापना कहिले भएको थियो ? सन १९५९
१८) त्रिभुवन चन्द्र कलेजमा विज्ञान विषयको पढाइ कहिलेदेखि संचालन भएको हो ? वि.स १९७७
२०) संस्कृत शिक्षाका प्रथम डारेक्टर को हुन ? हेमराज पाण्डे
२१) शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो ? वि.स २००७
२२) राष्ट्रिय शिक्षक शिक्षण केन्द्रको स्थापना कहिले भएको हो ? वि.स २०११ भदौ २४ गते
२३) त्रिभुवन विश्वविद्यायलयका प्रथम कुलपती को हुन ? श्री ५ मुमा बडामहारानी कान्ती राज्यलक्ष्मी देवी शाह
२४) प्राथमिक शिक्षा परियोजना कहिलेदेखि लागु भएको हो ? वि.स २०४१ माघ १०

No comments: