=========
• स्काई ट्रयाक्स नामक संस्थाले सन् २०१५ मा सार्वजनिक प्रतिवेदन अनुसार विश्वकै उत्कृष्ट विमानस्थल कुन भएको छ ?
– सिंगापुरको चाङ्गी विमानस्थल
• राजनीतिज्ञ एवं साहित्यकार राजेश्वर देवकोटाको निधन कहिले भयो ?
– वि.सं २०७२ साउन २५
• वि.सं २०७२ साउन २० मा बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिव पदमा कसलाई नियुत्त गरेको छ ?
– डा. सोमलाल सुवेदी
• त्रिमूर्ति निकेतनद्धारा पुरस्कृत हुने ( वि.स २०७२ मा ) नारी स्रष्टा को हुन् ?
– रजनी ढकाल,शान्तिमाया गिरी,तर्कना शर्मा र अम्बिका अर्याल
• अमेरिकी सिनेटले सन् २०१५ अगष्ट ५ मा नेपालका लागि आफ्नो राजदूतमा कसलाई अनुमोदन गरेको छ ?
– एलियानिया बी टेपलिज
• सन् २०१५ अगष्ट ६ मा माफियाद्धारा सार्वजनिक विश्व वरियतामा नेपाल कतिऔं स्थानमा रहेको छ ?
– १८४ औं
• चिकित्सा शिक्षा सम्बन्धमा राष्ट्रिय नीति तयार पार्न पाँच महिनाअघि गठित प्रा.डा केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिद्धारा तयार पारिएको प्रतिवेदन सरकारले कहिले सार्वजनिक गर्यो ?
– वि.सं २०७२ साउन १९
• आर्थिक बर्ष २०७१ ७२ को आर्थिक सर्वेक्षणअनुसार आ.व २०७१\ ७२ सम्ममा आधारभूत खानेपानी सेवाबाट लाभान्वित जनसंख्या कति रहेको छ ?
– ८३.५९ प्रतिशत
• हाल नेपालमा कतिवटा बिमा कम्पनी रहेका छन् ?
– २७
• नेपालको विगत पाँच वर्षको औसत मुद्रास्फीति दर कति रहेको छ ?
– ९.३ प्रतिशत
• आर्थिक बर्ष २०७१\७२ को आर्थिक सर्वेक्षणअनुसार उपभोग खर्चका आधारमा गिनी सूचकांक सहरी क्षेत्रमा ०.३५३ रहेको छ भने ग्रामिण क्षेत्रमा कति रहेको छ ?
– ०.३११
• नेपाल नागरिक उड्ययन प्राधिकरणको स्थापना कहिले भएको हो ?
– वि.सं २०५५ पुस १६
• अन्तराष्ट्रिय नागरिक उड्यन दिवस कहिले मनाइन्छ ?
– डिसेम्बर ७
• ICAO को पुरा रुप के हो ?
– International Civil Aviation Organization
• BIPPA को पुरा रुप के हो ?
– Bilateral Investment Promotion and Protection Agreement
• युहान इन्टरनेसनल इभेन्ट्सद्धारा आयोजित दोस्रो संस्करणको मिस प्लस टु नेपाल २०१५ को उपाधि कसले जितिन् ?
– आँचल दवाडी
• पृथ्वीको सतहको एकाई क्षेत्रफलमा पर्ने हावाको चापलाई के भनिन्छ ?
– वायुमण्डलीय चाप
No comments:
Post a Comment