Thursday, July 21, 2016

क्विजमा सोधिएको सबै प्रश्नोत्तर

आज मिति २०७३/४/४ बिहान ९ बजे सञ्चालित क्विजमा सोधिएको सबै प्रश्नोत्तर

✅१) १२ औं साग प्रतियोगितामा नेपालले कुल कति पदक प्राप्त गरेको थियो ???
👉६० (३ स्वर्ण २३ रजत र ३२ कंश्या)

✅२) सार्कका वर्तमान महासचिव को हुन् ???
👉अर्जुन बहादुर थापा

✅३) भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक प्राप्त गर्ने खेलाडी फुपुल्हामु खत्री कुन खेल सँग सम्बन्धित छ ??
👉जुडो

✅४) नेपालमा कहिले देखि श्री ५ को सट्टा नेपाल सरकार लेख्न थालिएको हो ??
👉वि.स.२०६३/२/४

✅५) स्वर्गीय राजा वीरेन्द्रले सार्क सचिवालयको उद्घाटन कहिले गरेको थियो ??
👉वि.स.२०४३/१०/०२(१९८७-१-१६ AD)

✅६) अफगानिस्तानलाई सार्क संगठनको सदस्य बनाउने निर्णय सार्कको कति औं शिखर सम्मेलनले गर्यो ??
👉१३ औं

✅७)अफगानिस्तानको कबुलमा १३ नेपालीको (१२ घटना स्थालमै र १ को उपचारका क्रममा) ज्यान जाने गरि आत्मघाती आक्रमण कहिले भएको थियो ???
#जुन२०,२०१६ (2073-3-6 bs)

✅८) World happiness index report -2016 अनुसार नेपाल कति औं स्थानमा परेको छ ???
👉१०७ औं

✅९) हाल नेपालको कति सम्पदा विश्व सम्पदा सुचिमा सुचिकृत भएको छ ??
👉१०

✅१०) नेपालको पहिलो संविधान सभाको विघटन हुँदा नेपालको प्रधानमन्त्री को थियो ??
👉डा. बाबुराम भट्टराई

✅११) युरो-१ केसँग सम्बन्धित छ ??
👉सवारी साधनको मापदण्ड

✅१२) ´´ऊ मरे अरे ``नामक कृतिका रचनाकार सुवास घिसिङ हो भने ´´ऊ मरेकी छैन `` कृतिका रचनाकार को हुन् ??
👉बलकृष्ण सम

✅१३) गोरखापत्र दैनिक कहिले देखि प्रकाशित भईरहेको छ ??
👉वि.स.१९५८/०१/२४

✅१४) नेपालको वर्तमान संविधान कहिले घोषणा भएको हो ??
👉वि.स.२०७२/६/०३

✅१५) वर्तमान व्यवस्थापिका संसदको कार्यकाल कहिलेसम्म रहने व्यवस्था छ ??
👉वि.स.२०७४/१०/०७

✅१६) नेपाल र भारत बीच शान्ति तथा मैत्री सन्धिमा कुन वर्ष हस्ताक्षर भयो ??
👉सन् १९५०

like comment and share more

✔✔By:- #आर_के_दोङ

(वि.स.२०७३/४/४)

No comments: