#समस्या_समाधानमूलक प्रश्नोत्तर (निमावि सामाजिक)
#प्र.नं.२. सीमा चन्द निम्नमाध्यमिक तहमा सामाजिक अध्ययन विषय अध्यापन गराउने शिक्षक हुन् । उनले तालिम पनि प्राप्त गरेकी छिन् तर उनलाई मानव सभ्यता र हाम्रो विगतसम्बन्धी अवधारणा विद्यार्थीहरूमा विकास गराउन ज्यादै कठिनाइ परेको छ । विद्यार्थीले पनि अन्य विषयको तुलनामा सामाजिक अध्ययन विषयमा कम अङ्क ल्याउने गरेका छन् । माथिको विवरण र तपाईको अनुभवका आधारमा निम्नमाध्यमिक तहमा सामाजिक अध्ययन विषय शिक्षण गर्दा आइपरेका समस्याहरू र तिनीहरूको समाधानका उपायहरू प्रस्तुत गर्नुहोस् । ५+५=१० (TSC 2070)
#उत्तरः
निम्नमाध्यमिक तहमा सामाजिक अध्ययन विषय अन्तर्गत मानव सभ्यता र हाम्रो विगतसम्बन्धी विषयवस्तुहरूको शिक्षण सिकाइमा आइपर्ने कठिनाइ र त्यसबाट सामाजिक अध्ययन विषयको प्राप्ताङ्कमा समेत असर परेको पाइन्छ । यस अवस्थामा निम्नमाध्यमिक तहमा सामाजिक अध्ययन विषय शिक्षण गर्दा आइपर्ने वा शिक्षकले अनुभव गरेका
# समस्याहरू निम्नलिखित छन् :-
१. यस विषयप्रति विद्यार्थीहरूमा उत्प्रेरणा कम हुनु ।
२. यस विषयलाई आधारभूत तहदेखि उच्च शिक्षाको तहसम्म अनिवार्य विषयका रूपमा पाठ्यक्रममा समावेश नगरिनु ।
३. तिथि, मिति र घटनाक्रमहरू पाठ्यवस्तुमा बढी हुनु ।
४. विषयवस्तुको क्रम र क्षेत्र निर्धारण मनोवैज्ञानिक ढङ्गले गर्न नसक्नु ।
५. शिक्षकले तालिममा प्राप्त ज्ञान, सीप र प्रविधिलाई कक्षाकोठामा शिक्षण क्रियाकलापमा उतार्न नसक्नु ।
६. समयानुसार विषयवस्तुलाई परिमार्जन गरी वैज्ञानिक बनाउन नसक्नु ।
७. विद्यालयमा सन्दर्भ पुस्तकहरूको कमी हुनु ।
८. विषयवस्तुअनुसारको शैक्षिक सामग्रीको अभाव हुनु ।
९. विषयवस्तुबाहेक पाठ्यपुस्तकमा राखिएका कतिपय अभ्यासहरू स्पष्ट नबुझिने र विद्यार्थीको स्तरभन्दा माथि भएकाले शिक्षक र विद्यार्थी दुवैका लागि समस्या बनेको ।
१०. सामाजिक विषयमा समावेश गरिएका प्रायः जसो पाठका क्रियाकलापहरूमा कक्षाकोठा बाहिर समुदायमा गएर अध्ययन गर्नुपर्ने खालका समस्याहरू छन्, जुन कुरा शिक्षक विद्यार्थी दुवैका लागि समस्या बनेको छ र समय व्यवस्थापन गर्न नसकिने खालको छ ।
माथि उल्लिखित सामाजिक अध्ययन विषय शिक्षणसँग सम्बन्धित समस्या समाधानका लागि निम्नलिखित # उपायहरू अपनाउनुपर्दछः-
१. आधारभूत तहदेखि नै यस विषयलाई उच्च शिक्षासम्म अनिवार्य विषयका रूपमा पाठ्यक्रममा समावेश गर्नुपर्दछ ।
२. मुख्य मुख्य तिथि, मिति तथा घटनाक्रमलाई मात्र पाठ्यक्रममा समावेश गरी समयानुसार परिमार्जन गर्दै वैज्ञानिक बनाउनुपर्दछ ।
३. विद्यार्थीहरूको उमेर, क्षमता र कक्षाको तहअनुसार पाठ्यक्रमको क्षेत्र र क्रम निर्धारण गरिनुपर्छ ।
४. विषयवस्तुको अध्ययनपश्चात् भविष्यमा प्राप्त हुने अवसरका बारेमा विद्यार्थीहरूलाई पूर्व जानकारी गराउनुपर्छ ।
५. सम्बन्धित विषयमा तालिमप्राप्त शिक्षक उत्पादन गरी तालिममा सिकेका ज्ञान र सीपलाई कक्षाकोठामा प्रयोग गर्नुपर्दछ ।
६. विद्यालयको आर्थिक अवस्थाअनुसार पुस्तकालयको स्थापना गरी आवश्यक शैक्षिक सामग्रीको व्यवस्था गर्ने ।
७. विषयवस्तुको प्रकृतिअनुसार शैक्षिक सामग्रीको व्यवस्था गर्ने ।
८. विद्यार्थीहरूको स्तरअनुसार पाठ्यपुस्तकमा अध्यासहरू राखिनु पर्दछ जसले गर्दा विद्यार्थीहरूले बुझ्दछन् र अभ्यास गर्न उत्प्रेरित हुन्छन् ।
९. समुदायमा गएर गरिने अध्ययन सैद्धान्तिकको सट्टा व्यावहारिक भए तापनि पाठहरूको प्रतिनिधित्व हुने गरी केही पाठहरू मात्र समुदायमा गएर गरिने भएमा पूरा गर्न सजिलो हुनुको साथै पाठको उद्देश्य पूरा गर्न सहयोग गर्दछ ।
१०. विद्यालय निरीक्षक र स्रोत व्यक्तिले शिक्षकहरूको कक्षा अवलोकन र पेसागत सहयोगलाई बढाउनुपर्दछ ।
११. विद्यालय निरीक्षक र स्रोत व्यक्तिले आफ्नो सेवाक्षेत्रभित्रका विद्यालयका प्रधानाध्यापकलाई नेतृत्वसम्बन्धी तालिम दिनुपर्दछ ।

No comments:
Post a Comment