Sunday, July 24, 2016

साक्षरताको स्थिति:

साक्षरताको स्थिति:
=======================
नेपालमा हाल सम्म कति जिल्ला पूर्ण साक्षर भएका छन्?
उत्तर: २६ जिल्ला
========================
तथ्यांकको सारांश:
२६ औ पूर्ण साक्षर जिल्ला: रुकुम (वि.स. २०७३ बैसाख ३१ मा
पूर्ण साक्षर घोषित रुकुममा १५ देखि ६० बर्षका ९७.२८% जनता
साक्षर छन्)
-------------------------------------------
पहिलो पूर्ण साक्षर जिल्ला: ललितपुर
लक्ष : सन् २०१६ भित्र नेपाललाइ साक्षर घोषणा गर्ने
-------------------------------------------
पहिलो पूर्ण साक्षर अंचल : राप्ती (जिल्ला
साक्षरता दर: सल्यान:९६.७२%, प्युठान:९७.७%, दाङ:९८%,
रोल्पा:९६.२७%, रुकुम:९७.२८%)
एक जिल्ला पनि पूर्ण साक्षर नभएका अंचल: ५ (सगरमाथा,
कोशी, जनकपुर, कर्णाली र
सेती)
१ जिल्ला पूर्ण साक्षर भएका अंचल : ३ (मेची,
नारायणी र महाकाली)
नोट: कपिलवस्तु पूर्ण साक्षर भएमा लुम्बिनी
अंचल पूर्ण साक्षर हुने
संयुक्त राष्ट्र संघका अनुसार ९५% भन्दा बढी
साक्षर भएको क्षेत्रलाई पूर्ण साक्षर घोषणा गर्न सकिन्छ
-------------------------------------------
७२/७३ मा पूर्ण साक्षर घोषणा गरिएका जिल्ला संख्या: ७ वटा
पुर्वान्चलमा पूर्ण साक्षर जिल्ला संख्या: १ (पांचथर)
मध्यमान्चलमा पूर्ण साक्षर जिल्ला संख्या : ६
पस्चिमान्चलमा पूर्ण साक्षर जिल्ला संख्या : १०
मध्यपस्चिमंचालमा पूर्ण साक्षर जिल्ला संख्या : ८
सुदुरपस्चिमान्चलमा पूर्ण साक्षर जिल्ला संख्या : १ (दार्चुला)
-------------------------------------------
सरकारको लक्ष : आ.ब. ७३/७४ मा थप ३० जिल्ला पूर्ण साक्षर
घोषणा गर्ने
साक्षरता अभियान संचालन : वि.स. २०६५ देखि
निरक्षरता उन्मुलन बर्ष : आ.ब. ७१/७२ देखि सुरु
साक्षर घोषणा गर्ने: ७५% भन्दा बढी साक्षर
भएमा (साक्षर घोषणा गरिएको अन्तिम जिल्ला : जाजरकोट)
पूर्ण साक्षर घोषणा गर्ने: ९५% भन्दा बढी साक्षर
भएमा
========================
अन्य प्रगति विवरण:
२००४ : आधार शिक्षाको थालनी, साक्षरता शिक्षाको
सुरुवात
-------------------------------------------
२००७ : जनगणनाअनुसार साक्षरता करिब दुई प्रतिशत
-------------------------------------------
२०११ : प्रौढ साक्षरता कार्यक्रममा जोड
-------------------------------------------
२०१३ : योजनाबद्ध रूपमा प्रौढ शिक्षा कार्यक्रमको सुरुवात
-------------------------------------------
२०३७ : शिक्षा मन्त्रालयमा प्रौढ शिक्षा शाखा स्थापना, साक्षरता
शिक्षालाई संस्थागत संरचनामार्फत विस्तार
-------------------------------------------
२०३८ : ग्रामीण विकासका लागि सेती
शिक्षा परियोजनाको कार्यान्वयन चरणमा महिला तथा
किशोरीलक्षित गरी
चेलिबेटी कार्यक्रम सञ्चालन
-------------------------------------------
२०४५ : पहिलोपटक जिल्लाव्यापी रूपमा अभियान
सञ्चालन गर्ने र छोटो अवधिमा निरक्षरता उन्मूलन गर्ने
अवधारणाको सुरुवात
-------------------------------------------
२०६५ : छोटो अवधिमा निरक्षरता अभियान उन्मूलन गर्ने
अवधारणाको निरन्तरता, सन् २०१५ भित्र सम्पूर्ण निरक्षर
नागरिकलाई साक्षर बनाई देशबाट निरक्षरता उन्मूलन गर्ने
प्रतिबद्धता जनाउँदै राष्ट्रिय कार्ययोजना निर्माण
आव ०६५/६६ : राष्ट्रिय साक्षरता अभियानका रूपमा साक्षरता
कार्यक्रमलाई देशव्यापी बनाउँदै ७८ लाख
निरक्षरलाई दुई वर्षभित्रमा साक्षर बनाउने लक्ष्य
आव ०६७/६८ : निरक्षरको तथ्यांक संकलन, जसअनुसार १५
वर्ष वा सोभन्दा माथिका ३४ लाख ३५ हजार ३३६ महिला र १७
लाख ३८ हजार ६४३ पुरुष गरी कुल ५१ लाख ७३
हजार ९७९ जना निरक्षर रहेको सार्वजनिक
========================
२००७ देखि २०६८ सम्म : २००७ मा कुल दुई प्रतिशत मात्र
साक्षर रहेकामा ०५८ मा ६५.५ प्रतिशत पुरुष साक्षर थिए भने
०६८ मा पुरुष साक्षरको संख्या ७५.१ प्रतिशत पुग्यो । पुरुष
साक्षरताको वृद्धिदर ९.६ प्रतिशत रह्यो । त्यस्तै ०५८ मा
महिला साक्षरता ४२.८ प्रतिशत रहेकामा ०६८ मा बढेर ५७.४
प्रतिशत पुग्यो । महिला साक्षरताको वृद्धिदर १४.६ प्रतिशत
रह्यो । कुलमा ०५८ मा ५४.१ प्रतिशत साक्षर रहेकामा ०६८ मा
६५.९ प्रतिशत पुग्यो । वृद्धिदर ११.८ प्रतिशत रह्यो ।।।
#यो_तथ्याङ्क वि.सं. २०७३ बैसाख ३१ गते सम्मको हो ।

No comments: