Friday, August 5, 2016

"वैदेशिक रोजगारले नेपालको राजस्व वृद्दिमा महत्वपूर्ण सघाउ पुर्याएको छ " भन्ने भनाइलाई छोटकरीमा पुष्टि गर्नुहोस । (ना.सु.२०७०) उत्तर: सुत्र

"वैदेशिक रोजगारले नेपालको राजस्व वृद्दिमा महत्वपूर्ण सघाउ पुर्याएको छ " भन्ने भनाइलाई छोटकरीमा पुष्टि गर्नुहोस । (ना.सु.२०७०)
उत्तर: सुत्र (नेपालको राजस्वमा लगानी)
१) ने- नेपालको अन्तरॉष्ट्रिय व्यापारबाट भएको घाटा पूर्ति गर्न सहयोग गरेको।
२) पा- पारिवारिक जीवनशैलीमा साकारात्मक परिवर्तन ल्याउन मद्दत गरेको।
३) ल- लगानीका लागि रकम प्राप्ति गर्न सहयोग पुगेको।
४) को - कम समयमा बढी विप्रेषण(Remittance) भित्रीन सहयोग गरेको।
५) रा- राज्यको अर्थतन्त्रको प्रमुख सुचकलाई साकारात्मक बनाउन सहयोग गरेको।
६) ज- जनतालाई रेडियो,टिभी,मोबाइल  जस्ता सञ्चार माध्यममा पहुँच बढाएको।
७) स- शिक्षा,स्वास्थ्य एवं खानपीनमा गुणस्तर बढाउन सहयोग गरेको।
८) व - विदेश जाँदा आवश्यक पर्ने पासपोर्ट बनाउंदा राजस्वमा वृद्दि भएको।
९) माल - मालवस्तु विदेशबाट ल्याउदा भन्सार मार्फत राजस्वमा वृद्दि हुन पुगेको ।
१०) ग्रा- ग्रामीण तथा शहरी बैंकमा निक्षेप बढाउदा व्याजकर प्राप्त भएको आदि।

श्रोत: Pawan Deo ( श्रस्टालाई सम्मान गरौ। ) 

No comments: