Thursday, August 25, 2016

नागरिक_समाज_भनेको_के_हो ? नागरिक समाजको भुमिका उल्लेख गर्नुहोस् ।

नागरिक_समाज_भनेको_के_हो ? नागरिक
समाजको भुमिका उल्लेख गर्नुहोस् ।
☆☆☆☆☆☆ नागरिक समाज ☆☆☆☆☆☆
▶ नागरिक समाज यस्तो समुह हो जुन गैर
राजनीतिक गैरसरकारी र गैरनाफामुलक हुन्छ ।जसमा
नागरिकको हक अधिकारको बहस र पैरवी गर्न
स्वतन्त्र अस्तित्व भएका व्यक्तिहरू स्वत:स्फुिर्त
रुपमा संगठित भएको हुन्छ ।
▶ नागरिकको रक्षार्थ नागरिकहरूकै माझबाट
उत्पत्ति भएको जनताको साझा हितको
अभिव्यक्तिको रुपमा नागरिक समाजलाई बुझिन्छ

▶ नागरिक समाजले कानुन कार्यान्वयनमा
सरकारलाई र कानुन पालनामा नागरिकलाई सचेत र
सहयोग गरि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यमा
सरकार र नागरिकलाई सहज वातावरणको सिर्जना
गर्दै सरकार र नागरिक बीच सुमधुर सम्बन्ध कायम
गरि सरकारको काम कारबाहीलाई जनउत्तरदायी र
पारदर्शी ढंगबाट सञ्चालन हुन मद्दत गर्दछ ।
नागरिक समाजको भुमिका
✔ लोकतान्त्रिक मुल्यमान्यताको विकास र
संस्थागत गर्ने माध्यमको रुपमा ,
✔ परिवर्तनको संवाहकको रुपमा ,
✔ समाज सुधारको रुपमा ,
✔ रचनात्मक सुझाव कर्ताको रुपमा ,
✔ आवश्यक दबाब कर्ताको रुपमा ,
✔ सचेतकको रुपमा ,
✔ सचेतना अभिवृद्धिको रुपमा ,
✔ जनसहभागिता र मत निर्माण गर्ने माध्यमको
रुपमा इत्यादि ।

No comments: