Thursday, March 2, 2017

लोकसेवाको खरिदार पदका लागि नयाँ शैक्षिक योग्यता तोकियो

काठमाडौं । लोकसेवा आयोगले खरिदार पदका लागि नयाँ शैक्षिक योग्यता तोकेका छ।

अघिल्लो वर्षदेखि सरकारले एसएलसी परीक्षामा ग्रेड प्रणाली लागू गरेपछि लोक सेवा आयेगले पनि खरिदार पदका लागि नयाँ शैक्षिक योग्यता कायम गरेको हो।

अघिल्ला वर्षहरुमा जस्तै एसएलसी पास गरेका व्यक्तिले लोकसेवा आयोगको जाँच दिन पाउने छन्। तर अब खरिदार पदका लागि एसएलसीमा सी ग्रेडभन्दा माथिको ग्रेड ल्याउने विद्यार्थीले परीक्षा दिन पाउने छन्।

लोकसेवा आयोगले ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’, ‘सी’ ग्रेड ल्याउनेले मात्रे जाँच दिन पाउने व्यवस्था गरेको हो। ‘डी प्लस’, ‘डी’ र ‘ई’ ग्रेड ल्याउनेले विद्यार्थीले खरिदार परीक्षा दिन पाउने छैनन्।

No comments: