उत्तर: कुनै विषेश सार्वजनिक वा सामुहिक उद्देश्य पूर्तिका लागि कुनै
ट्रष्टका रूपमा प्रयोग भएको संस्थागत जग्गालाई गुठी जग्गा भनिन्छ । गुठी
शब्दको उत्पत्ति संस्कृत शब्दको ‘गोष्ठी’ बाट भएको हो । यसको अर्थ ‘परिषद्’
भन्ने जनाउँदछ । नेपालमा मठ मन्दिर वा देवालयमा पूजाआजा गर्नका लागि तथा
धार्मिक धरोहरहरूलाई संरक्षण गर्नका लागि आवश्यक स्रोतका रूपमा उपलब्ध
गराइएको जग्गा गुठीको रूपमा रहेका छन् । नेपालमा विशेष गरी पशुपतिनाथ,
जयबागेश्वरी, रामजानकी मन्दिर जस्ता धेरै
मठमन्दिरहरूका गुठी जग्गाहरू छन् । यस्ता जग्गाबाट नियमित रूपमा आम्दानी
प्राप्त भइरहने भएकाले धार्मिक क्रियाकलापहरू सञ्चालन गर्न तथा मठ मन्दिर
बनाउन एवं जिर्णोद्वार गर्न सजिलो हुन्छ । यस्ता गुठीमा खासगरेर राजगुठी,
दुनियाँ गुठी, पिलकराना गुठी, बकस गुठी आदि बढी मात्रामा पाइन्छन् ।
नेपालमा भूमिसुधार ऐन, २०२१ अनुसार सबै किसिमका गुठीलाई नियन्त्रण तथा
निर्देशन गर्नका लागि गुठी संस्थानको स्थापना गरिएको छ ।
No comments:
Post a Comment