Monday, February 17, 2014

परिक्षाको तयारी गर्दै हुनुहुन्छ ??उसोभए अबस्य पढ्नूहोस् ।

तपाई परिक्षाको तयारी गर्दै हुनुहुन्छ भने आफ्नो पढाईको बातावरणलाई अझ राम्रो बनाउन निम्न कुरामा ध्यान दिनुहोस् ! हुनत यि कुरा सामान्य छन् तर लागु गर्नुभएमा फलदायी पनि छन् !

१. आफू पढ्न बस्ने कोठा उज्यालो र सफा राख्नुहोस् ।
२. लगातार नपढ्नुहोस् कम्तिमा आधा एक घण्टामा फ्रेस हुनुहोस् ।जसको लागि तपाई आफूलाई मनपर्ने गीत सुन्न सक्नुहुन्छ ।यसबाहेक हल्का हावामा हिँडडुल गर्दापनि हुन्छ ।
३. नियमित नुहानुहोस् ।
४. पानि प्रसस्त पिउनुहोस् ।
५.अध्ययन गर्ने कोठामा टेलिभिजन नराख्नुहोस् तर ताजा जानकारि तथा समाचारको लागि रेडियो टेलिभीजन हेर्नुहोस् ।
६. बेलाबेलामा पढेका कुराबारे साथिहरुसंग छलफल गर्नुहोस् तर समूहमा बसेर अध्ययन नगर्नुहोस् ।
७. पिरो खानेकुरा सकभर नखानुस् किनकी गहिरो अध्ययनका बेलामा शरिरको तपक्रम बृद्दि हुन्छ र झन पिरोले दिमाग छिटो थाक्छ ।
८. मिति सम्झंदा क्रम मिलाएर संझनुहोस् अथवा उक्त मितिको बारेमा प्रसस्त जानकारी र त्यो जानकारिको बारेमा छलफल गर्नुहोस् !
९. माथिको जानकारि मनपरे लाईक तथा शेयर गर्नुहोस् !

No comments: