Sunday, March 2, 2014

आज तपाईको दिन

तपाइको आजको राशिफल

वि.सं. २०७० फाल्गुन 18 गते आइतबार
तदनुसार ईश्वीसन् २०१४ मार्च २ तारिख
तारिख,

मेष

 (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यापार व्यवसाय मध्यम रहेको छ ।
बौद्धिक क्षेत्र राम्रो देखिन्छ ।
गरेका कार्यहरुमा ढिलोमात्र
सफलता मिल्नेछ । पारिवारिक सम्बन्ध
सामान्य रुपले अगाडि वढ्ने छ ।
घरायसी वातावरणमा केही धमिलोपन आउने
छ । समय राम्रो छैन । मित्रको व्यवहार
शत्रुतापूर्ण हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

घरगृहस्थीमा धेरै समय खर्चनुु पर्ने योग छ ।
वैदेशिक रोजगारी गर्ने र प्रवास
वा परदेशमा रहनेहरुले आज
घरायसी कुरा सम्झेर दिन बिताउने छन् ।
आकस्मिक
रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ ।
छोराछोरीको स्वास्थ्य एवं
पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

समय राम्रै छ । साथीभाइ जम्मा भई
मनोरञ्जनमा दिन बित्ने छ ।
लामो समयदेखि गरेका कामको सही मूल्याङ्कन
हुने समय आएको छ ।
जति सक्दो नयाँ झन्झटबाट मुक्त रहनु
होला । मन एकचित्त बनाएर लक्ष्य
प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ
। शुभ कुराको संकेत मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

हिजोआज राम्रै समय चल्दैछ । आत्मविश्वास
र शीघ्र निर्णय गर्ने
क्षमता अभिवृद्धि हुनेछ । घरमा विशिष्ट
व्यक्तिलाई अतिथिका रूपमा स्वागत गर्न
पाउनु हुनेछ । कुनै विशेष लाभदायक समाचार
सुन्न पाइएला । सामाजिक कामबाट
प्रशंसा प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आजको दिन सामान्य छ । प्राविधिक
काममा विशेष सफलता प्राप्त हुने छ साथै
आत्मसन्तुष्टि प्राप्त हुनेछ । सञ्चार
क्षेत्रको कारोबार गर्दा बढी लाभ लिन
सकिनेछ । व्यापार व्यवसाय
त्यसमा पनि साजसज्जा र
श्रृङ्गारका सामाग्री विक्रेताका लागि विशेष
लाभदायक छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मनमा अशान्ति र छटपटी व्याप्त हुने छ ।
विपरीतलिङ्गीप्र ति आकर्षण बढ्नेछ,
अचानक भोगविलासमा तिर्सना जाग्नेछ ।
माया प्रेमको लागि खर्च हुने देखिन्छ ।
खानपिन, घुमघाम एवं भेटघाटको बेला छ ।
बेलुकीपख मनमा अशान्ति र छटपटी व्याप्त
हुने छ । समय राम्रो छैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

छोराछोरीबाट पनि सन्तोष मिल्नेछ ।
व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।
उपहार प्राप्त हुने सम्भावना छ ।
आम्दानीमा कमी आउने छैन । भौतिक
साधनको जोहो हुनाका साथै मनोरंजनात्मक
क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ ।
जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)


चाहनाबमोजिम कार्य सम्पन्न हुनेछन् ।
अनावश्यक खर्चको योग छ तर व्यवसायिक
क्षेत्र लाभप्रद रहने छ । आकस्मिक स्वास्थ्य
समस्या देखा पर्नसक्ने भएकाले सजग रहनु
होला । पारिवारिक सुख मिल्नुका साथै
साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज प्रेम र भाइचारा जीवन्त तुल्याउने
महत्वपूर्ण दिन हो । त्यसैले आज साँझ पूर्व
वा दक्षिण दिशाको यात्रा गर्नुहोस्
अनि खोला वा पोखरीका जलजन्तुलाई
चारा हाल्नुस् । विशिष्ट
व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण
कार्य सम्पन्न हुनेछ । शुभ कुराको संकेत
मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

खराब समय छ ।
लामो दूरीको यात्रा हानीकारक हुनसक्छ
। यात्राको योजना छ भने स्थगित गर्नु बेस
हुन्छ । शरीरमा पीडा हुनेछ । धेरै उमङ्ग
नल्याउनु नै बेस होला । घाउचोट तथा अन्य
वस्तुले पनि दुःख दिनेछ । अप्रिय समाचार
सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

दाम्पत्य जीवनमा समेत सामान्य खटपट हुने
सम्भावना छ ।
मध्याह्नपछि त्यत्ति राम्रो छैन ।
भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने
हुन्छ, त्यसैले महत्वपूर्णकाम
दिनको पूर्वाद्र्धभित् रै सक्नु होला ।
पारिवारिक जीवन सामान्य र सन्तोषप्रद
रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आज पारिवारिक स्वास्थ्यका क्षेत्रमा धन
खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र
थकानको अनुभव हुनेछ, आफुलाई
पनि चोटपटकको भय छ ।
खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ,
साँझमा अचानक पेटको समस्याले सताउन
सक्छ । विचार गरेर काम गर्नुहोला ।

No comments: