मिति २०७० साल चैत्र ५ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु ,
——————————–• नेपालमा कहिलेदेखि मादकपदार्थको विज्ञापनमा रोक लगाएको हो ?
– वि.सं २०६६ मा
• भारतमा भएका शिवका १२ ज्योतिलिंगमध्ये विश्वेश्वर ज्योतिलिंग वाराणसीमा,केदारनाथ ज्योतिलिंग उत्तराखण्डमा पर्दछ भने रामेश्वर् ज्योतिलिंग भारतको कुन स्थानमा पर्दछ ?
– तमिलनाडुमा
• हाडनातामा विवाह गर्ने र न्वारन नगर्ने नेपालको कुन जनजाति हो ?
– राउटे
• बिहे हुनुअघि नै अससँग करणी गरी बिग्रिएको् थाहा पाउँदा पाउँदै पनि विवाह गरी जन्मेको छोरालाई के भनिन्छ ?
– थकुल्लो
• सन् २०१४ मार्च २ मा अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न ८६ औं ओस्कार अर्वाडमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड अल्फोन्सो क्युरोनले जिते भने सर्वोत्कृष्ट चलचित्र उपाधि कुन चलचित्रले प्राप्त गर्यो ?
– टुवेल्स इयर्स अ स्लेभ
• सन् २०१४ मार्च २ मा अमेरिकाको लस एन्जलसमा सम्पन्न भएको ८६ औं ओस्कार अवार्डमा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार केट ब्लान्चेद्ले ब्लु ज्इास्मिन चलचित्रबाट प्राप्त गरिन भने सर्वोत्कृष्ट अभिनेताको उपाधि हात पार्न को सफल भए ?
– म्याथु म्याक कोनागे
• ह्वाइट केन कुन चर्चित महिला लेखिकाको नवीनतम उपन्यास कृति हो ?
– मनिषा गौचन
• सन् २०१४ जनवरीमा न्युजिल्यान्डमा भएको विश्वकप छनौटमा सन् २०१५ को आईसीसी विश्वकपका लागि कुन दुई मुलुक छानिए ?
– यूएई र स्कटल्यान्ड
• आईसीसी ( अन्तराष्ट्रिय क्रिकेट परिषद ) को मुख्यालय यूएईको कुन सहरमा रहेको छ ?
– दुबई
• नेपाली फुटबलमा प्रायोजनसँग क्लबको नाम जोड्ने क्लब कुन हो ?
– थ्रिस्टार
• २०७० सालको सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लब इतिहासमै पहिलो पटक दोस्रो हुनसक्यो यसको मुख्य श्रेय मानिने प्रशिक्षक योहान कालिन कुन युरोपेली मुलुकका नागरिक हुन् ?
– स्विडेन
• नेपालमा सन् १९७८ मा पहिलोपटक देखापरेको शक्तिशाली सरुवा रोगको नाम के हो ?
– बुसेलोसित
• पूर्ण खोपयुक्त घोषणा गरिएको कास्कीको कुन गाविस हो ?
– पुरनचौर
• नेपालमा मिगौंला दान गर्नेमध्ये कति प्रतिशत महिला छन् ?
– ८० प्रतिशत
• सामान्य तया पुलको आयु ५० बर्ष मानिन्छ भने सडकको आयु कति बर्ष मानिन्छ ?
– २० बर्ष
• अलकत्रा र मसिनो गिटी मिसाएर गरिएको कालोपत्रेलाई के भनिन्छ ?
– ओटासिल
• रुसका एक चौथाई अर्थात २५ प्रतिशत मानिस ५५ बर्ष नपुग्दै मृत्युवरण गर्छन,यसको मूल कारण के हो ?
– भोड्का रक्सीको सेवन
• वि.सं १८९६ साउन १६ गते ( कैदमै मृत्यु ) निधन भएका भीमसेन थापाको जन्म कहिले भएको थियो ?
– वि.सं १८३२ साउन ९ गते
• काँगडा युद्दमा घाइते भएका भीमसेन थापाको माहिला भाईको वि.सं १८६३ आश्विन २ गते मृत्यु भएको थियो भने भन्नुहोस, उनी को थिए ?
– काजी नयनसिंह थापा
• राजा रणबहादुर शाहको हत्या सौतेनी भाई शेरबहादुर शाहद्दारा कहिले भएको थियो ?
– वि.सं १८६३ वैशाख १४ गते
• मध्यकालमा दौडाह टोलीका प्रमुखलाई के भनिन्थ्यो ?
– छरिदार
• नेपालका राणाकालका अन्तिम श्री ३ प्रधानमन्त्री मोहनशमशेर कसका छोरा थिए ?
– चन्द्र शमशेर
• भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या कहिले भएको थियो ?
– सन् १९९१ मे २१
• जापानले आत्मसर्मपण गरेपछि दोस्रो विश्वयुद्द कहिले टुङ्गिएको थियो ?
– सन् १९४५ अगस्ट १४
• सन् १७७३ मा भारतबाट अमेरिका लैजाँदै गरेका तिनवटा चिया बोकेका जहाजबाट आदिबासी अमेरिकाले तिन सय ४० चियाका पेटी समुद्रमा फालिदिएको घटनालाई के नामले चिनिन्छ ?
– बोस्टन टी पार्टी
• सत्ताको यात्रा भनेको शेरको सवारी जस्तै हो, बसिरहँदा पनि गलेर हैरानी , झर्दा आफैँ शेरको सिकार हुने भय । यो कुन अमेरिकी राष्ट्रपतिको भनाई हो ?
– रिचर्ड निस्सन
• नेपालका परराष्ट्र सचिव अर्जुनबहादुर थापाले १२ औं सार्कको महासचिवको पदभार कहिलेदेखि सम्हालेका हुन् ?
– सन् २०१४ मार्च ३ बाट
• संविधानसभा– २ मा एमाओवादीबाट प्रत्यक्षतर्फ चुनाव जित्ने एकमात्र महिला नेतृ को हुन् ?
– ओनसरी घर्तीमगर ( रोल्पा २ बाट निर्वाचित )
• संविधानसभा–२ को उपाध्यक्ष ( उपसभामुख ) मा ओनसरी घर्तीमगर कहिले निर्वाचित भएकी हुन् ?
– वि.सं २०७० फागुन १४ गते
• संविधानसभा ( व्यवस्थापिका संसद ) नियमावली मस्यौदा समितिको २०७० फागुन १५ गते बसेको बैठकले संविधानसभा अन्र्तगत कति समिति बनाउने निर्णय गर्यो ?
– पाँच समिति
• एमाओवादीका तर्फबाट उपसभामुख हुने ओनसरी घर्तीमगर कतिऔं व्यक्ति हुन् ?
– दोस्रो
• विश्वकै सबैभन्दा जेठी महिला जापानको ओसाका सहर निवासी मिसाओ ओकावा हुन् भने २०१४ मार्च ५ तारिखमा उनले आफ्नो कतिऔं जन्म दिन मनाएकी थिईन् ?
– ११६ औं
• कफीको उत्पति कुन अफ्रिकी मुलुकमा भएको हो ?
– इथियोपिया
• विश्वमा सबैभन्दा बढी कफी उत्पादन गर्ने मुलुक कुन हो ?
– ब्राजिल
• संसारमा सबैभन्दा बढी कफी पिउने मुलुक कुन हो ?
– फ्रिनल्याण्ड
• विश्वमा सबैभन्दा बढी चिकेन् अर्थात कुखुराको मासु खाने मुलुक कुन हो ?
– अमेरिका
• नेपालमा उत्पादित जुट वस्तुका लागि कति प्रतिशत बजार भारत हो ?
– ९५ प्रतिशत
• दोलखाको जिरीमा चौरीको दूधबाट बनाइने च्योर्दोङ चीज कारखाना स्विस सरकारको सहयोगमा कहिले बनेको हो ?
– वि.सं २०३१
जानकारीहरू सक्दो लाईक तथा शेयर गरी ज्ञान बाड्नुहोला !!!
No comments:
Post a Comment