सोधिएका प्रश्न र तिनका उत्तरहरु::--
***विश्वमा ह्वाङहो नदी पछि सर्बाधिक बालुवा बोक्ने नदी कुन हो?
===शप्तकोशी
***नेपाल अधिराज्यको संबिधान 2047 अनुसार राजाले कतिजना सदस्य राष्ट्रियसभामा मनोनित गर्न सक्दथे?
===10
***नेपालको कुन मन्दिरको परिसरमा टुप्पो नभएको बाँस छ?
===बुढासुब्बा
***पोकली झरना कुन जिल्लामा पर्दछ?
===ओखलढुंगा
***2062/063 को जन आन्दोलन पस्चात नेपालमा कतिजना प्रधानमन्त्री भए?
===7
***हालसम्म विश्वमा सङ्घियता भएका मुलुकहरु कतिवटा छन?
===२८
***समाबेशी लोकतन्त्रको सुरुवात कुन देशबाट भएको हो?
===अमेरिका
***पहिले हुने निर्वाचित हुने प्रणालिको सुरुवात कुन देशबाट भयो?
===वेलायत
***राजानीति शास्त्रको उद्गमस्थान कुन देशलाई मानिन्छ?
===ग्रीस
***नेपालमा राजापत्रको प्रकाशन कहिलेदेखि शुरु भएको हो?
===२००८ साल
***नेपालको मुख्य सचिवको पदावधि कती वर्षको हुन्छ?
===४ वर्ष
***२०२८ सालको झापा बिद्रोहको आन्दोलनको नारा के थियो?
===जमिन्दार खत्तम आन्दोलन
***संयुक्त राष्ट्रसंघ बिकास कार्यक्रमले सुशासनका कतिवटा बिशेषता उल्लेख गरेको छ?
===६
***कार्य सम्पादन मुल्याङ्कन बापत नीजामती कर्मचारीलाई कती अङ्क दिने व्यवस्था छ?
===४०
***"राज्य भनेको एक बर्ग माथि अर्को बर्गको शोषण हो"यो भनाइ कसको हो?
===मार्क्स
***फरक के होला?
क.सर्प
ख.बिच्छी
ग.खजुरो
घ.जुका
===जुका
***बाबु र छोराको उमेरको अनुपात 8:3 रहेछ।बाबुको उमेर 40 बर्ष भए छोराको उमेर कति होला?
===15 वर्ष
***रु 1मा 15 वटाका दरले केही अमला किनिएकोमा 25% नाफा लिइ सबै अमला बेच्दा रु 1मा कति अमला विक्रि गरियो होला?
===12 वटा
***दक्षिण अमेरिकाको सबैभन्दा ठुलो देश कुन हो?
===ब्राजिल
***PRSPको पुरा रुप के हो?
===Poverty Reduction Strategy Papers
***विश्वको सबैभन्दा बढी आलु उत्पादन गर्ने देश कुन हो?
===जर्मनी
***विश्वको सबैभन्दा बढी अलैँची उत्पादन गर्ने देश कुन हो?
===नेपाल
***बशिष्ठ ऋषी कसका छोरा थिए?
===उर्बषिका
***नारदको बिणालाई के भनिन्छ?
===मद्दती
***निदाउदा आँखा चिम्म नगर्ने प्राणी कुन हो?
===सर्प
***सूर्यबाट सबैभन्दा नजिकको तारा कुन हो?
===प्रोक्सिमा सेन्च्युरी
***अन्तरिक्षमा पठाइएको पहिलो कुकुरको नाम के थियो?
===लाइका
***छाला एबम फोक्सो दुबै अङ्गबाट सास फेर्न सक्ने जन्तु कुन हो?
===भ्यागुता
***प्रथम टि२० विश्वकप कुन देशले जितेको थियो?
===भारत
***मानव शरीरको सबैभन्दा कडा बस्तु के हो?
===दातको इनामेल
***टिटिकाका ताल कहाँ पर्दछ?
===बोलिभिया
***बक्सिङ्गमा "हे मेकर" को अर्थ के हुन्छ?
===शक्तिशाली मुक्का प्रहार
***शनिबार बिदादिने चलन भएको देश नेपालबाहेक कुन हो?
===इजरायल
***कुन देशको सैनिकलाई G.I. भनिन्छ?
===अमेरिका
***एघारौ दक्षिण एशियाली खेलकुदमा कती राष्ट्रले भाग लिएका थिए?
===आठ
***पोलो खेल्ने लठ्ठिलाई के भनिन्छ?
===Mallet
No comments:
Post a Comment