मनाङ, मुस्ताङ, रुकुम, रोल्पा, जाजरकोट, हुम्ला, कालीकोट, मुगु, रामेछाप, डोल्पा, सोलुखुम्बु, रसुवा र बाजुरा नगरपालिकाबिहिन
देशभरमा थप ७२ वटा नगरपालिका बनाउने घोषणा सरकारले गरेको छ। बिहीबार बसेको
मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको
प्रस्ताबमोजिम थप नगरपालिका घोषणा गरेको हो।
योसँगै मुलुकमा एउटा महानगरपालिका र चार वटा उपमहानगरपालिकासहित नगरपालिकाको संख्या १ सय ३० पुगेको छ। हालसम्म ५८ नगरपालिका रहेकोमा मन्त्रिपरिषद बैठकले ७२ वटा नगरपालिकाको संख्या थपेर १ सय ३० पुर्याएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले जानकारी दिए।
मनाङ, मुस्ताङ, रुकुम, रोल्पा, जाजरकोट,
हुम्ला, कालीकोट, मुगु, रामेछाप, डोल्पा, सोलुखुम्बु, रसुवा र बाजुरा
जिल्लामात्र अब नगरपालिकाविहीन हुनेछन्।
No comments:
Post a Comment