Friday, August 29, 2014
इबोला सम्बन्धी संक्षिप्तमा जानकारी
इबोला सम्बन्धी संक्षिप्तमा जानकारी
-- इबोलाको उत्पती --
इबोला भाइरस सर्वप्रथम सन् १९७६
मा कंगो र
सुडानको दुर्गम क्षेत्रमा देखिएको हो |
यो भाइरस फैलिएको कंगोको दुर्गम
क्षेत्रको इबोला नदीबाट यसोक नाम
राखिएको हो ।
सुरूवातमा यो चिम्पांजी तथा चमेरोमा देखा परेको थियो |
-- इबोला के हो ? --
यो एक किसिमको हेमोरेजिक फिबर हो |
यो रोग
एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सर्ने
सरुवा रोग हो |
यो पानी वा हावाको माध्यमले
सरेको पाइदैन | यो रोग
लागेको ब्यक्तिको शरीर
बाट निस्कने बस्तुहरु जस्तै रगत, दिशा, पिसव,
पसिना, र्याल, यौनिरस
आदि माध्यमद्वारा सर्दछ । यौन सम्पर्क एवं
संक्रमित लासबाट पनि यो रोग सर्दछ ।
-- के हुन् यसका लक्षणहरु ? --
यसको संक्रमणमा आएको दुई देखि तीन
हप्ता पछि लक्षणहरू देखापर्दछ ।
सुरूवातमा ज्वारो आउने, घाँटी, मांशपेशी एवं
टाउको दुख्ने हुन्छ । यसपछी अरूची,
वाकवाकी हुने, पखला लाग्ने, साथै लिभर र
किड्नीको कार्यक्षमता ह्रास आउदै जान्छ ।
यो समयमा संक्रमित व्यक्तिमा आन्तरिक एवं
वाह्य रक्तश्राव हुन पनि सक्दछ ।
-- कसरी जोगिने ? --
यो रोगको लादि हालसम्म कुनैपनि खोप
बनेको छैन । यसर्थ यसको मृत्युदर ५० देखि ९०
प्रतशत छ । यसर्थ रोग लागनु भन्दा रोग लाग्न
नदिनु सर्वोत्तम उपाय हो । सरूवा रोग भएकाले
व्यक्तिगत सावधानी अपनाउनु नै रोगबाट बँच्ने
मुख्य काइदा हो ।
-- याद राख्नुपर्ने --
सन् १९७६ देखि हालसम्म यो रोगको प्रकोप
झण्डै वार्षिक रूपमा पटक पटक थुप्रै
स्थानमा देखा परिसकेको छ । हाल (२०१४)
मा देखा परेको इबोला संक्रमणमा सर्वाधिक
बढी व्यक्ति संक्रमित रहेका छन् ।
-- कृपया यो जानकारीलाई सबैमाझ श्यार
गरि सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । --
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment