Friday, January 2, 2015

गोरखापत्रबाट महत्वपूर्ण प्रश्नहरु

• कफीको उत्पति कुन अफ्रिकी मुलुकमा भएको हो ? – इथियोपिया • विश्वमा सबैभन्दा बढी कफी उत्पादन गर्ने मुलुक कुन हो ? – ब्राजिल • संसारमा सबैभन्दा बढी कफी पिउने मुलुक कुन हो ? – फ्रिनल्याण्ड • विश्वमा सबैभन्दा बढी चिकेन् अर्थात कुखुराको मासु खाने मुलुक कुन हो ? – अमेरिका • नेपालमा उत्पादित जुट वस्तुका लागि कति प्रतिशत बजार भारत हो ? – ९५ प्रतिशत • दोलखाको जिरीमा चौरीको दूधबाट बनाइने च्योर्दोङ चीज कारखाना स्विस सरकारको सहयोगमा कहिले बनेको हो ? – वि.सं २०३१ • स्वास्थ्य परिक्षण गरेर मात्र पशुजन्य उत्पादन भित्र्याउन पाईनेलाई के भनिन्छ ? – क्वारेन्टाइन • नेपाल टेलिकमका कर्मचारीले नाफाका कति प्रतिशत बोनस पाउँदै आएका छन् ? – ६ प्रतिशत • एउटा बैंकको खातामा रहेको रकम अर्को बैंकबाट भुक्तानी लिन अपनाइने प्रक्रियालाई के भनिन्छ ? – लियरिङ • हवाई क्षेत्रमा एयरलाईन्सको टिकट बिक्रेताको कति प्रतिशत कमिशन हुन्छ ? – ९ प्रतिशत • नेपाली आकाशमा हुने अन्तराष्ट्रिय उडानमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको बजार कति प्रतिशत रहेको छ ? – ४ प्रतिशत • नेपालमा भएका हवाई दुर्घटनामध्ये कति प्रतिशतभन्दा बढी मानवीय त्रुटिले हुने गरको छानबिन आयोगको प्रतिवेदनमा छ ? – ८५ प्रतिशत भन्दा बढी • नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको उडान सुरक्षा मापदण्ड विभागको तथ्यांक अनुसार २०७० साल फागुन १० गतेसम्म कति वटा हवाई दुर्घटना भएका छन् ? – ७५ वटा • प्रथम सगरमाथा आरोही एडमण्ड हिलारीकी पत्नी लुइज मेरी रोज र १६ बर्षीया छोरी बारबरा हिलारी फाप्लु जान हिडेँको जहाज बौद्दमा दुर्घटनामा परेर निधन भएको थियो भने त्यो दुर्घटना कहिले भएको थियो ? – सन् १९७५ मार्च ३१ तारिख • नेपालमा पहिलोपटक केबलकार सञ्चालन गरेका व्यवसायी लक्ष्मणबाबु श्रेष्ठको निधन कहिले भयो ? – वि.सं २०७० फागुन १ ( मनकामना केबलकार सञ्चालन – वि.सं २०५५ साल मंसिर ८ गतेदेखि • कुन चरित्रका कुन अभिनेता वा अभिनेत्री खेलाउने भन्ने निर्णय कसले गर्दछ ? – कास्टिक निर्देशकले • नेपालमा सर्वप्रथम कास्टिङ निर्देशक राख्ने चलन कुन चलचित्रबाट शुरु गरिएको हो ? – कागबेनी • अर्की आईमाई उपन्यासकी लेखिका को हुन् ? – निलम कार्की निहारिका • पत्थर पगाल्दै निबन्ध संग्रहका लेखक गोपाल सञ्जेल हुन भने माथापच्ची निबन्ध संग्रहका लेखक को हुन् ? – विनयकुमार शर्मा • सन् २०१३ को अम्बेडकर अन्तराष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने व्यक्तित्व को हुुन् ? – मीन विश्वकर्मा • नेपालको कुन एकमात्र जातिमा एक पुरुषकी एकमात्र पत्नी र एक नारीका एकमात्र पति हुनुपर्छ भन्ने मान्यता छ ? – व्यासी • दासदासीलाई दासत्वबाट मुक्ति दिने कार्यलाई के भनिन्छ ? – अमलेख • प्रसिद्द भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई राष्ट्रपति प्रणव मुखर्जीबाट भारत रत्न कहिले प्रदान गरिएको थियो ? – सन् २०१४ फ्रेबुअरी ४ तारिख ( उनि सगैँ रसायनशास्त्री प्राध्यापक सीएनआर रावलाई पनि भारत रत्न प्रदान गरिएको थियो ) • चिसोको बेला हालखुट्टाका औला तथा नाक,कान सुन्निनेलाई चिकित्सकीय भाषामा के भनिन्छ ? – पर्नियोसिस • विश्वको सबैभन्दा अग्लो प्राणी जिराफ र मानिसको घाँटीमा बराबर हड्डी हुन्छन् भन्ने भन्नुहोस् कतिवटा हड्डी हुन्छन् ? – ७ वटा • आजभन्दा चार बर्षअघि संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको विश्वभरिका गिद्द संरक्षणमा लागेका २५ संघसंस्थाको भेलाले कुन दिनलाई गिद्द संरक्षण दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ? – सेप्टेम्बर ३

No comments: