Friday, January 2, 2015
दुध पिउनुका ६ फाइदा
दुध पिउनुका ६ फाइदा गाइभैँसीको दुध पोषिलो हुन्छ । गाउँघरतिर गाइभैँसीको दुध बिहान बेलुकाको खानासँगै खानु दिनचर्या नै हो । तर सहरतिर भने खानासँगै दुध खाने मान्छे कमै हुन्छन् । गाउँबाट सहरमा आएर काम गरेर पेट पाल्नेहरुसँग दैनिक दुध किनेर खाने आर्थिक हैसियत पनि हुँदैन भने सहरका धेरै रैथानेहरुमा पनि दुध पिउनमा उतिसारो रुची देखिँदैन । यसका विभिन्न कारण हुनसक्छन् । तथापि हैसियतले भ्याएसम्म गाइभैँसीको दुधखानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । वजन नियन्त्रण गर्न चाहनेहरुका लागि दुध निकै लाभदायक हुन्छ । दुधमा भिटामिन तथा अन्य पोषक तत्व पर्याप्त पाइने भएकाले यो मानव स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दुध खानुका फाइदा यस्ता छन् : नियमित रुपमा दुध पिउनाले सरीरको छालामा चमक आउँछ । छाला चाउरी पर्ने, कडा हुने जस्ता समस्या समेत कम हुन्छन् । दुधले अनुहार धुनाले अनुहारको छाला गोरो र चम्किलो हुने सौन्दर्य विज्ञहरु बताउँछन् । ,दुध भिटामिन, चिल्लो पदार्थ लगायतका पोषक तत्वका साथै क्याल्सियम लवणको पनि राम्रो श्रोत हो । दुधको नियमित भोजनले मानव सरीरका हड्डी तथा दाँत मजबुत हुन्छन् । नियमित कडा व्यायाम गर्ने वा जिमखाना धाउनेहरुका लागि दिनको दुइ गिलास दुध पिउनु निकै लाभदायक हुन्छ । यसले व्यायाममा गुमेको उर्जा पुनःभरण गरिदिन्छ र मांशपेशीलाई बलियो बनाउन सहयोग गर्छ । एक अध्ययनले नियमित रुपमा दुध पिउने मानिसहरु वजन नियन्त्रणमा सफल हुने देखाएको छ । आफ्नो भोजनमा नियमित रुपमा दुध सामेल गर्नेहरु वजन सन्तुलनमा सक्षम हुने बताइन्छ । दुधले सरीरमा उर्जाको आपूर्ति सहजै गर्ने भएकाले मानिसलाई बढि खानाको आवश्यकता पर्दैन जसका कारण उसको वजन बढ्ने डर हुँदैन । दुधलाई तनाव निवारक पनि भनिन्छ । यदि तपाइँलाई तनावले सताएको छ भने एक गिलास मनतातो दुध पिउनुहोस् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment