Friday, January 2, 2015
किसानलाई पिसाब वितरण
गोरखा, १७ पुस– द सेवा नेपाल नामक गैरसरकारी संस्थाले मान्छेको पिसाब सङ्कलन गरेर किसानलाई वितरण गरेको छ ।
बुधबार गोरखा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा उपस्थित भएका मानिसको पिसाब सङ्कलन गरेको द सेवाले बिहीबार गोरखाका किसानलाई पिसाब वितरण गरेको हो ।
जर्किनमा सङ्कलन गरिएको पिसाब लिनका लागि हरमटारीस्थित खेलकुद मैदानमा किसानको भीड लागेको थियो । रासायनिक मलको सट्टामा उक्त पिसाब तरकारी बालीमा प्रयोग गर्दा उत्पादन धेरै हुने किसानको भनाइ छ । किसानले जर्किनका जर्किन पिसाब बोकेर घर लगेका छन् ।
मान्छेको पिसाबमा नाइट्रोजन, फस्फोरस र पोटास हुन्छ । पिसाबलाई बालीमा प्रयोग गर्दा माटोलाई कुनै बेफाइदा नगर्ने जनाइएको छ ।
Subscribe to:
Post Comments (Atom)
1 comment:
Mast Khabar Raix.
Post a Comment