Friday, April 22, 2016

नायव सुब्बाको लागि,

नायव सुब्बाको लागि, बोध तह (Comprehensive Level) को प्रश्न र उत्तर .. कुनै दिइएको बिषयलाई बिद्यार्थीले बुझ्न सकेको छ छैन सो परीक्षण गर्नका लागि यस्तो खालको प्रश्न सोधिन्छ । यसको उदाहरणः >>वर्तमान अवस्थामा भएको नेपालको जनशक्ति पलायनको आधारमा आगामी ५ बर्षको नेपालको जनशक्तिको अवस्था के कस्तो रहला ? आफ्नो तर्क दिनुहोस् । उत्तरः नेपालको जनशक्ति दैनिक रुपमा करिव १५००को संख्यामा बिदेशिएको छ । औपचारिक स्रोतको मात्र कुरा गर्दा पनि करिव ४ लाखको हाराहारिमा बार्षिक रुपमा नेपालीहरु बिदेशिएको तथ्यांक छ । हालसम्मको अवस्था हेर्दा करिव ३६ लाख नेपाली नागरिक बिदेशी भूमिमा कार्य गरिरहेको देखिन्छ । यद्यपि यो आकडा भारतीय भूमि भएर बिदेशिने र अन्य अनौपचारिक स्रोतबाट बिदेशिएका बाहेकको हो । यस्तो अवस्थामा आगामी ५ बर्षको नेपालको जनशक्तिको अवस्था देहाय अनुसार रहन सक्ने पूर्वानुमान गर्न सकिन्छः -युवा जनशक्ति बिदेशिदै गर्दा नेपालको विकास र पुननिर्माणमा नै जनशक्ति नपुग हुने संभावना देखिन्छ । -उत्पादनका साधनहरु निस्कृय रहने संभावना देखिन्छ । -करिव ५७ प्रतिशतको संख्यामा रहेको नेपालको सक्रिय जनशक्तिको प्रत्यक्ष लाभ नेपाल आफैले लिन सक्ने देखिदैन । -देशको प्रमुख आम्दानीको स्रोत विप्रेषण हुने हुन्छ जुन अत्यन्तै अस्थायी स्रोत हो । कालान्तरमा यसले डच रोगको संभावना समेत देखाउन सक्छ । -देशमा बाकी रहेकाे जनसंख्या पनि बिदेशी रेमिट्यान्समा मोज गर्ने बानीले क्रमशःश्रम गर्ने आदत खस्कदै जाने देखिन्छ । समग्रमा यस्तो हिसावले जनशक्ति बिदेशिनु देशका लागि असाध्यै घातक विषय हो । सरकारले बेलैमा रोजगार तथा स्वरोजगार सम्बन्धी दिर्घकालिन सोच राखि पलायन हुने जनशक्तिलाई समयमै रोक्नु पर्ने टट्कारो आवश्यकता देखिएको छ ।

No comments: