Saturday, April 23, 2016

आजको अनुसन्धान सहायक परीक्षामा सोधिएका केही प्रश्नोत्तरः

आजको अनुसन्धान सहायक परीक्षामा सोधिएका केही प्रश्नोत्तरः (पहिलो पटक यसै पेजमा पोष्ट गरिएको) Hit Like and share it!!! 1. सन् २०१४ अक्टोबरमा अरेबियन सागरमा आएको समुद्री आँधीलाई निलोफर (Nilofar) नामाकरण गर्ने देश कुन हो ? पाकिस्तान (ओमानः हुदहुद) 2. 'उ मरी अरे' नामक कृतिका रचनाकार सुवास घिसिङ हुन् भने 'उ मरेकी छैन' नामक कृतिका रचनाकार को हुन् ? बालकृष्ण सम 3. युरो-१ केसँग सम्बन्धित छ ? सवारी साधनको मापदण्ड 4. नेपालको वर्तमान राष्ट्रिय गानमा कति शब्द रहेका छन् ? ४६ 5. नेपालको वर्तमान संविधानको घोषणा कहिले भएको हो ? २०७२ असोज ३ 6. गोरखापत्र दैनिक पत्रिका कहिलेदेखि प्रकाशित भैरहेको छ ? विसं १९५८ 7. सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर को हुन् ? स्टिभ स्मिथ 8. अमेरिकाको क्यालिफोर्नियामा सन् २०१५ अगष्ट १७ मा सम्पन्न "Lifetime achievement Award-2015" पाउँने नेपाली कलाकार को हुन् ? सुनिल थापा 9. निम्नमध्ये बढी जनसंख्या भएको जनजाति कुन हो ? मगर 10. चालु तेह्रौं योजना अवधि कति हो ? आ.व. २०७०/७१ - २०७२/७३ 11. नेपालको पहिलो संविधानसभाको विघटन हुँदाका बखत नेपालका प्रधानमन्त्री को थिए ? डा. बाबुराम भट्टराई 12. हाल नेपालमा कति सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत भएका छन् ? १० वटा 13. World Happiness Index, 2016 को प्रतिवेदन अनुसार नेपाल कतिऔं स्थानमा पर्दछ ? १०७ 14. पोखराबाट जोमसोमको लागि उडेको तरा एयर कहिले दुर्घटनाभएको थियो ? २०७२ फागुन १२ (बुधबार बिहान ८:१० मा दुर्घटना भई चालक दलका तीन सदस्यसहित सबै २३ जनाको मृत्यु भएको) 15. बनेपा-सिन्धुली (विपी) राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ? जापान 16. अफगानिस्तानलाई सार्क स‌ंगठनको सदस्य बनाउँने निर्णय सार्कको कतिऔं शिखर सम्मेलनले गर्‍यो ? १३औं (१४औं शिखर सम्मेलनले सदस्यता प्रदान) 17. तलका कुन सही हो/हुन् ? (A) Research and Analysis Wing भारतीय गुप्तचर संस्था हो । (B) Inter-Services Intelligence पाकिस्तानी गुप्तचर सँस्था हो । (C) A र B दुवै ठीक (D) A र B दुवै बेठीक उत्तरः (C) A र B दुवै ठीक 18. स्वर्गीय राजा वीरेन्द्रले काठमाण्डौंस्थित सार्क सचिवालयको उद्घाटन कहिले गरेका थिए ? २०४३ माघ २ 19. नेपालमा कहिलेदेखि श्री ५ को सरकारको सट्टा नेपाल सरकार लेख्न थालियो ? २०६३ जेठ ४ (यसअघी 'नेपाल सरकार' को सट्टा 'श्री ५ को सरकार' २०१५ बैशाख २ मा लेख्न थालिएको हो । ) 20. भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकूदमा स्वर्णपदक प्राप्त गर्ने खेलाडी फुपुल्हामु खत्री कुन खेलसँग सम्बन्धित हुन् ? जुडो बाँकी भोली पोष्ट गरौंला ।

No comments: