Saturday, April 23, 2016

परीक्षाको समयमा हुने डर तथा चिन्ताबाट परीक्षालाई कसरी सहज बनाउने ?

परीक्षाको समयमा हुने डर तथा चिन्ताबाट परीक्षालाई कसरी सहज बनाउने ? .. परीक्षा भन्दा पहिले वा परीक्षा चलिरहेको समयमा विद्यार्थीमा चिन्ता र डरको मात्रा स्वभाविक रुपमा बढी हुने गर्दछ । तपाईंले जानेर वा नजानेरै चिन्ता बढाउने र परीक्षालाई डरलाग्दो रुपमा चित्रण गर्नु भएको छ । जस्तो -तपाईंले आफूलाई कमजोर देखिरहनु भएको छ । -परीक्षा विग्रिन गएमा यसो होला र यसो नहोला भन्नेमा नै समय धेरै विताउनु भएको छ । -परीक्षाको समय वरपर झनै लामो समय दिमागलाई सताइरहनु भएको छ । तताइरहनु भएको छ । सवैभन्दा पहिला त बुझौं की यो सव नतिजाको कारक हामी आफैं हौं । परीक्षा जस्ता घटनाहरु त दैनिक जसो नै केहि न केहि भैरहेकै हुन् । घटिरहेकै हुन । के भोलि मेरो बर्थडे छ भनेर हामीलाई कुनै दिन छटपटि भएको होला । यो पनि त एक घटना त हो । फरक यत्ति हो की परीक्षालाई हामीले हाम्रो विगत र वर्तमानसंग जोडेका छौं । जस्तो की परीक्षा विग्रीयो भने हालसम्म पढेको ब्यर्थ हुने भयो । परीक्षा विग्रीयो भने यो वा त्यो नपाइने भयो आदि आदि । तपाईंलाई थाहा छ ? विगतका आफ्ना परीक्षालाई फर्केर हेर्नुहोस त । जुन परीक्षा एकदमै राम्रो गर्नुछ भनिएका थिए ती विग्रेका र सामान्य तयारीमा दिइएका परीक्षा अत्यन्त राम्रा भएका उदाहरण पनि छन नी होइन र ? अव के गर्ने त ? -शरिरलाई आराम नपुगेका कारण पनि चिन्ता बढ्छ । चिन्ताले डर बढाउँछ । चिन्ता र डर मिलेर तपाईको परीक्षा विगार्छन । निद्रा कम हुने थकान बढी हुने काम गर्दै नगरौं परीक्षाको समयमा । -प्रभावकारी आत्म सुझाव दिनुहोस की तपाईं सक्षम मानिस हो । तपाईं क्षमतावान हो । विगतमा तपाईं निकै सफल कामहरु गरिनै सक्नु भएको छ । यो पनि त त्यस्तै त हो नी । -भिजुअलाइजेशनः भोलिको जाँच निकै राम्रो लेखेको, तपाईंले सररर लेखेको देखेर त्यहाँ हुने गार्डहरु, वरपरका साथीभाईहरु दंग परेको, तोकिएको समय भित्र कपि बुझाएको, खुसीले मख्ख पर्दै प्रबेश पत्र पट्याउदै परीक्षाहलबाट निस्केको भिजुअलाइजेशन गर्नुहोस । यसले तपाईंले आफ्नो बारेमा बनाएको आत्म चित्रलाई बलियो बनाउँछ । -तपाईंको सव कन्सियस माइन्डलाई सफलताको लागि आदेश दिनुहोस । असफलताको लक्ष्य नदिनुहोस । यो नै जीवनको सफलताको लक्ष्य निर्धारक हो । जुन कुरा हामीले वर्कसप वा सेमिनार गर्दा भनिनै रहेका छौं । यसरी हेर्नुहोस न, कागतीको अमिलो रस खाइरहेको कल्पना गर्दा मुख रसाउँछ । आफ्नो खुट्टामा सर्प बेरिएको कल्पना गर्दा जिउनै जिरिङ्ग हुन्छ । तपाईले लगाउने भित्री कपडामा कक्रोच सलबलाएको सम्झनोस त के हुन्छ ? आदि आदि । यी सवै काल्पनिक कुरा हुन तर हाम्रो शरिरमा प्रतिक्रिया त देखाए नि होइन र ? यस्तै किसिमले परीक्षामा पनि डरको सूचना मनमा ल्याउनुहोस तपाइको सवकन्सियस मनले तथास्तु भन्नेछ । सफलता र आनन्दको सूचना मनमा ल्याउनुहोस तव पनि तथास्तु नै भन्ने छ । च्वाइस तपाईंको । Govinda Giri >>अध्ययन गर्नुभयो खुसीलाग्यो"कृपया सक्दो शेयर गर्नुहोला है"!!

No comments: