Monday, July 18, 2016

‎शिक्षक‬ सेवा तयारीको लागि अति महत्वपूर्ण ५० प्रश्नोत्तर


१) सिन्धुफाटक शिला नेपालको कुन स्थानमा पर्छ ?
– सिन्धुपाल्चोक
२) मल्ल बङ्शका प्रथम राजा को थिए ?
– अरिमल्ल
३) नेपालको इतिहासमा गन्धर्बबिधा पारङ्गत बनेर कसलाई चिनिन्छ ?
– जगतप्रकाश मल्ल
४) धनपाल गडि कहाँ पर्दछ ?
– मोरङ
५) नुप्से हिमालको उचाई कति छ ?
– ७,८५५ मिटर
६) अविरल बग्दछ इन्द्रावती नदिको उद्गमस्थल कहाँ रहेको छ ?
– पाँचपोखरी सिन्धुपाल्चोक
७) धुर्बिया हावापानीमा पाइने वनस्पति कुन कुन हुन ?
– झ्याउ लेउ
८) बाके राष्ट्रिय निकुञ्ज कुन कुन जिल्लामा फैलिएको छ ?
– बाके,दाङ र सल्यान
९) नेपालमा पाइने कति प्रजाती स्तनधारिलाई साइटिस सुचिमा राखिएको छ
– ५८ प्रजाती
१० ) हाल नेपालको बिदेश स्थित स्थायी नियोग कुन कुन हुन ?
– नियोग न्युयोर्क र जेनेभा (संयुक्त राष्ट्रसंघका लागि )
11) दोस्रो संविधानसभा मा सबैभन्दा कम मतान्तरले बिजयी हुने उमेरद्वार को हुन ?
– शिबकुमार केवट (मण्डल) ए ने क पा माओबादी मोरङ ४ मतान्तर ८,
12) झिमरुक जलविद्युत आयोजना कसको सहयोगमा निर्माण भएको हो ?
– बुटवल पावर
13) माध्या पहाडी (पुस्पलाल) लोकमार्गको लम्बाइ कति छ ?
– १७७६ किलोमीटर
14) कुसे औसि ( बाबुको मुख हेर्ने ) दिन कहिले पर्दछ ?
– भाद्र कृष्ण औसि
15) शिख धर्मको धार्मिक ग्रन्थलाई के भनिन्छ ?
– गुरुग्रन्थ साहेक
16) नेपाली साहित्यमा आधुनिक कवि भनेर कसलाई चिनिन्छ ?
– गोपाल प्रसाद रिमाल (१८७१-१९२५)
17) नेपाली भाषा कुन भाषिक समुह अन्तर्गत पर्दछ ?
– भारोपेली
-18) पहिलो नेपाली चलचित्र कुन हो ?
– सत्य हरिशचन्द्र
19) साहित्यकार गोबिन्द बहादुर मल्ल गोठालेको निधन कहिले भएको थियो ?
– बि.स. २०६७ मङ्सिर २७
20) २०६५ को साझा पुरस्कार कस्लाई दिइएको थियो ?
– डा दुबुस छेत्री ( अश्वमेध्य यज्ञ का घोडाहरु)
21) बिश्व शिक्षक दिवस कहिले मनाइन्छ ?
– अक्टोबर ५
22) नेपालको अन्तरिम संविधानमा राजनैतिक सहमति भइ कहिले हस्ताक्षर भएको थियो ?
– २०६३/९/१
23) व्यवस्थापिका सम्षद्को कुनै काम नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार कसलाई रहनेछ?
– व्यवस्थापिका सम्सद्लाई मात्र
24) बि स १९६३ सालमा नक्सालमा खोलिएको सत्यबादी पाठ्षालाका सस्थापक को थिए ?
– जयपृथ्बिबहादुर सिंह
25) नेपालमा सर्प्रथम शिक्षा बोर्डको गठन कहिले गरिएको थियो ?
– बि.स. १९९३
26) उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन २०५५ अनुसार शिक्षाका राष्ट्रिय उदेश्यहरु मध्ये चौथो उदेश्य कुन हो ?
– प्रतेक व्यक्तिमा अन्तरनिहित सामर्थ्य र व्यक्तित्वको बिकास गर्ने ।
27) राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ ले निर्धारण गरेको पहिलो शिक्षा निति कुन थियो ?
– शिक्षामा प्राथमिकताको निर्धारण ।
28) राष्ट्रिय व्यवसाहिक प्रशिक्षण केन्द्रको स्थापना कहिले भएको थियो ?
– बि स २०२४
29) नेपालमा प्राबिधिक तथा व्यवसाहिक शिक्षा निर्देशनालयको स्थापना कहिले भयो ?
– बि. स. २०३५
30) पाल्पा नर्सिङ क्याम्पस (1998) को स्थापना कुन सस्थाको सहयोग भएको हो ?
– युनाइटेड मिसन टु नेपाल (UMN)
31) बिशेश शिक्षा परिषद्को स्थापना कहिले भएको हो ?
– बि.स. २०३०
32) प्रौढ शिक्षा कार्यक्रम सर्वप्रथम बि स २०१३ सालमा कुन देशको सहयोगमा संचालित गरिएको थियो ?
– अमेरिका
33) शिक्षा नियमावली अनुसार अनौपचारिक शिक्षाको लक्षित समुह कुन हो ?
– १५ देखि ६० बर्ष
34) जिल्ला अनौपचारिक शिक्षा समितिको सदस्य सचिब को हुने व्यवस्था छ ?
– जिल्ला शिक्षा कार्यालयको अनौपचारिक शिक्षा कार्यक्रम हेर्ने अधिकृत ।
35) कुन पन्चबर्षिय योजनाले सर्वप्रथम खुल्ला विश्वविद्यालयको बारेमा उल्लेख गरेको थियो ?
– नवौं पन्चबर्षीय योजना
36) दुर शिक्षा समितिको सदस्य सचिब को हुने व्यवस्था छ ?
– निर्देशक दुर शिक्षा माहाशाखा
37) हाल कतिवटा स्रोतकेन्द्रहरु कायम गरिएको छ ?
– १०५५
38) बि स २०२८ भाद्र ५ गते स्थापना भएको सस्था कुन हो?
– पाठ्यक्रम बिकास केन्द्र
39) उपत्यका बाहिरको पहिलो एस एल सि परिक्षा संचालित भएको विद्यालय कुन हो ?
– त्रिजुद्व हाइस्कुल बिरगन्ज ( बि स २००१)
40) नेपालमा शैक्षिक तालीम उपकेन्द्र कति छन ?
– २९
41) राष्ट्रिय शिक्षक सेवा आयोगको गठन कहिले गरिएको थियो ?
– नि.स. २०५६ चैत्र
42) ईलाम जिल्ला शिक्षा कार्यालयमा कति जना सहायक जि शि अ रहने व्यवस्था छ ?
– सहायक जि शि अ नभएको (ईलाम ,भोजपुर ,खोटाङ ,नुवाकोट ,पाल्पा ,म्यादी ,रुकुम ,जुम्ला ,डोटी र बैतडी १० जिल्ला)
43) प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा दिन सकिने व्यवस्था शिक्षा ऐनको कतिऔ संसोधनले गरेको हो?
– पाचौं संसोधन २०४९/७/१३
44) शिक्षा नियमावली २०५९ अनुसार प्राथमिक र निम्नमाध्यमिक विद्यालय खोल्न जि शि अ ले कति दिन अगाबै अनुमानि दिनुपर्ने छ ?
– १ महीना अगाडि
45) निम्नमाध्यमिक विद्यालय खोल्ने अनुमानि लिदा सामुदायिक विद्यालयको हकमा कति धरौटी राख्नुपर्ने व्यवस्था छ ?
– धरौटी नपर्ने व्यवस्था छ ।
46) निजामती कर्मचारीलाई कार्यसम्पादन मुल्यांकन बापत बढिमा कति अङ्क छुट्याएको हुनेछ ?
– ४० अङ्क
47) २०६८ सालको सर्बोत्कृष्ट निजामती पुरस्कार कसलाई प्रदान गरियो ?
– सुर्य प्रसाद गौतम (परिक्षा नियन्त्रक)
48) केन्द्रिय प्रकृति को मापन मा नपर्ने एकाइ कुन हो?
– स्तरिय भिन्नता (standard deviation )
49) राष्ट्रिय पाठ्यक्रम बिकास तथा मुल्यांकन परिषदको सचिबालयको काम कसले गर्छ ?
– पाठ्यक्रम बिकास केन्द्र
50) जोडा मिलाउने प्रश्न कुन परिक्षा प्रणाली अन्तर्गत पर्दछ ?
– बस्तुगत परिक्षा प्रणाली

No comments: