** वि.सं. १९७०मा काठमाडौंमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको हो । अत्यन्तै सीमित भागमा शुरु गरिएको यो सेवा नै दूरसञ्चार सेवा विस्तारको पहिलो खुड्किलो हो ।
** वि.सं. १९७१मा काठमाडौँ र रक्सौलबीच ओपन वायर लाइनको स्थापना भएपछि पहिलो चोटी ट्रंक टेलिफोन सेवाको शुरुवात भएको हो।
** वि.स. १९९१ पौष १ गते टेलिफोन हेड अफिसको (दूरसञ्चारसम्बन्धी कार्यालय) स्थापना भएको ।
** वि.सं. १९९२ पौष २ गते ‘सवाल ऐन' जारी गरी टेलिफोन सेवा सर्वसाधारणको लागि खुल्ला गरिएको ।
** श्री ३ मोहन शमशेरका पालामा वि.सं. २००५ सालमा नेपालमा मोहन आकाशवाणी नामले आकाशवाणी सेवा शुरु भएको हो । यसको कार्यालयलाई आकाशवाणी हेड अफिस भनिन्थ्यो । सेवाको शुरुवात २००७ सालमा प्रजातन्त्रको उदय भएपछि देशका ६ वटा मुख्य स्थानहरूमा एच.एफ.उपकरण स्थापना भएपछि भएको हो ।
** २००९ सालसम्ममा २१ वटा जिल्लाहरूमा आकाशवाणी केन्द्रहरू को स्थापना ।
** प्रथम पञ्चवर्षीय योजनामा सञ्चारलाई पहिलो प्राथमिकता दिएपछि नेपालले वि.सं. २०१४ मङ्सिर २० मा अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) को सदस्यता प्राप्त गर्यो ।
** प्रथम पञ्चवर्षीय योजना लागू भएपछि २०१६ सालमा काठमाडौँमा दूरसञ्चार विभाग खुल्यो । यसले राजधानीको बढ्दो मागलाई ध्यानमा राखी वि.सं. २०१९ सालमा अटोमेटिक क्रसबार एक्सचेन्ज (४००लाइन) को स्थापना गर्यो ।
** वि.सं.२०२१ आश्विन १५ मा V.H.F प्रणालीको अन्तर्राष्ट्रिय दूरसञ्चार सेवाको सुभारम्भ भयो ।
** तेस्रो योजनाकालमा विभिन्न जिल्लाहरूमा आकाशवाणी स्टेशनहरू थप गरिए ।
** वि.सं. २०२६ सालमा समिति ऐन, २०१३ अनुसार दूरसञ्चार समितिको गठन भयो ।
** वि.स.२०२८ मा टेलेक्स सेवा प्रारम्भ भएको ।
** वि.स.२०२८ मा सञ्चार संस्थान ऐन, २०२८ प्रारम्भ भएपछि नेपाल दूरसञ्चारले अन्तरदेशीय माइक्रोवेभ ट्रान्समिसन लिङ्कको स्थापना गर्यो ।
** वि.स. २०५४ फागुन २० गते नेपाल दूरसञ्चार प्राधिकरणको स्थापना ।
** वि.सं. २०५५ सालमा दूरसञ्चारले नेपालका सम्पूर्ण टेलिफोनहरू डिजिटल प्रणालीबाट सञ्चालन गर्ने कार्यको थालनी गर्यो ।
** दूरसञ्चारको क्षेत्रमा विकासक्रमसँगै वि.स. २०५६ वैशाख १ गते सेलुलर मोबाइल सेवाको प्रारम्भ भएकोे ।
** दूरसञ्चार नीति २०६० लागू भएप्छि २०६० भाद्र ६ गते नेपालमा पहिलो पटक प्रिपेड मोबाइल सेवा प्रारम्भ गरियो ।
** दूरसञ्चार संस्थान वि.सं.२०६१ वैशाख १ गते देखि विधिवत् रूपमा नेपाल टेलिकममा परिणत भएको ।
** फ्रिक्वेन्सी एक प्रकृतिप्रदत्त स्रोत भएकोले यसको राष्ट्रिय हित अनुकूल उपयोग गर्न र राजश्व प्राप्त गर्न सरकारले २०६९ कार्तिक १९ गते दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्यसम्बन्धी) नीति, २०६९ ल्याएको ।
** २०६८ सालको जनगणना अनुसार कुल घरपरिवार सङ्ख्यामध्ये ७.३५ प्रतिशत घरपरिवारमा टेलिफोन सेवा ६४.६३ प्रतिशत घरपरिवारमा मोवाइल फोन सेवा पुगेको छ ।
** तर हाल (2072 पाैषमा) दुरसंचार कम्पनीहरुको तथ्यांक अनुसार ९९प्रतिशत भन्दा पनि बढी (करिव शत प्रतिशत)

No comments:
Post a Comment