Sunday, August 14, 2016

यस्ता छन् अल्बर्ट आइन्स्टाइनबाट सिक्न सकिने जीवन उपयोगी दश महत्वपूर्ण पाठहरू

संसारका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एक पटक एक केटोले सोध्यो, ‘सर आज सारा संसारमा तपाईको नाम चर्चित छ । सबै तपाईको प्रशंसा गर्छन् । तपाईलाई महान् भन्छन् । भन्नुस् न आखिर महान् बन्ने सूत्र के हो ?’
‘,’ आइन्स्टाइनले मुस्कुराउदै भने, ‘यसको सूत्र लगन हो । जब म तिम्रो उमेरको थिए तब गणित देखि डराउथे, जस्तो आज तिमी डराउछौ । म धेरैजसो गणितमा फेल हुन्थे । मैले सजाय पाउथे, मेरा साथीहरू मलाई जितेर अघि बढ्थे । उनीहरू मेरो मजाक उडाउथे । म मन मारेर बस्थे ।
एकदिन मैले सोचे आखिर ममा कुनै कमी त छैन, फेरि पनि म किन गणित देखि डराउने गर्छु ? बस्, त्यो दिनदेखि मैले गणितका प्रश्नहरू समाधानको लागि निकाल्न थाले । याद राख, म बारम्बार असफल पनि भए । साथीहरूले खिल्ली उडाउन छोडेनन् तै पनि ममा लगन थियो कि गणितको समस्या समाधान गरेरै छोड्नेछु ।
र यही लगनले मलाई आज यहाँसम्म पुर्यायो । लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो । यसर्थ लगन कहिल्यै नछोड्नु तिमीले ।’ यो बाहेक म सफल हुनुको अरु १० कारण यसप्रकार छन् ।
१. सधै आफ्नो उत्सुकतालाई पच्छ्याउनुपर्दछ ।

२. निरन्तरको लगन अमूल्य हुन्छ ।

३. हाम्रो ध्यान वर्तमानमा हुनुपर्दछ ।


४. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ ।


५. गल्ती होला की भनि डराउनु हुदैन ।


६. ‘ठूलो’ होइन बरू ‘असल’ बन्ने प्रयाश गर्नुपर्दछ ।


७. ज्ञान अनुभवद्वारा हासिल हुन्छ ।


८. असल खेल खेल्नुपूर्व नियम जान्नुपर्दछ ।


९. जीवन सन्तुलित बनाउन अघि बढिरहनुपर्दछ ।


१०. हिम्मत कहिल्यै हार्नुहुदैन ।
Palpal ko khbar bat

No comments: