आदिवासी/जनजातिको अर्थ उल्लेख गर्दै आदिवासी/
जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको काम, कर्तव्य र
अधिकार के हो ? लेख्नुहोस् ।
===================================
--आफ्नो मातृभाषा भएको, परम्परागत रीतिरिवाज भएको, छुट्टै
सामाजिक संरचना भएको, लिखित अलिखित इतिहास
भएको समुदायलाई आदिवासी/जनजाति भनिन्छ ।
--नेपालमा आदिवासी/जनजातिको उत्थान एवम् विकास गर्न
कानुनी रुपमा आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
ऐन, २०५८ र संस्थागत रुपमा आदिवासी/जनजाति उत्थान
राष्ट्रिय प्रतिष्ठानको व्यवस्था गरिएको छ र पनि कतिपय
आदिवासी/जनजाति लोपोन्मुख अवस्थामा पुगेको अवस्था छ।
आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको काम
कर्तव्य र अधिकार
आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८
अनुसार आदिवासि/जनजाति उत्थान राष्ट्रिय
प्रतिष्ठानको काम, कर्तव्य र अधिकार निम्न छन्ः
1आदिवासी/जनजाति को भाषा, लिपि, साहित्य, इतिहास, कला,
संस्कृति, परम्परागत सीप तथा प्रविधिको प्रवद्र्धन
तथा संरक्षणका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने र
सोको कार्यान्वयन गर्ने गराउने,
2आदिवासी/जनजातिको भाषा, लिपि, साहित्य इतिहास, कला,
परम्परा र संस्कृतिको अध्ययन अनुसन्धान गर्ने र विकास
गर्ने,
3आदिवासी/जनजातिले परम्परागत रुपमा अभ्यास गर्दै
आएका प्रविधि, सीप तथा विशिष्ट जानकारीलाई प्रचलित
कानुनको अधीनमा रही सम्बन्धित आदिवासी/
जनजातिको बौद्धिक सम्पत्ति अधिकारका रुपमा संरक्षण
गर्ने, गराउने,
4आदिवासी/जनजातिको इतिहास, साहित्य प्रकाशन गर्ने,
भाषा साहित्यसँग सम्बद्ध अन्य निकायको सहयोग लिई
आदिवासी/जनजातिको भाषाको शब्दकोश तयार गर्ने, प्रकाशन
गर्ने, गराउने,
5आदिवासी।जनजातिको भाषा, संस्कृति, इतिहास, परम्परालाई
परिचय गराउने अभिलेखालय तथा सङग्रालय स्थापना गर्ने,
कम्तीमा प्राथमिक तहसम्म आदिवासी/
जनजातिको मातृभाषा पढाउने गरी विद्यालय स्थापना गर्ने,
आदिवासी/जनजाति सम्बन्धी सूचनाको सङ्कलन र
व्यवस्थापन गर्नु,
6आदिवासी/जनजातिको मध्येका विपन्न र
पिछडिएका समूहको आर्थिक तथा सामाजिक स्तर वृद्धि गर्न
विशेष कार्यक्रम सञ्चालन गर्ने, गराउने,
7आदिवासी/जनजाति सम्बन्धी परामर्श सेवा दिने,
8आदिवासी/जनजातिको मातृभाषामा सूचना, समाचार एवम् विविध
कार्यक्रम प्रसारण गर्ने व्यवस्था मिलाउने,
9आदिवासी/जनजातिबीच रहेको सामाजिक, आर्थिक र
सांस्कृतिक विभेद, भिन्नता र बेमेललार्य ध्यानमा राख्दै
सम्पन्न र विपन्न आदिवासी/जनजातिको अनुसूची तयार पार्ने,

No comments:
Post a Comment