Tuesday, August 30, 2016

मिति २०७३ भाद्र ८ गते गोरखापत्र दैनिकमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु,

मिति २०७३ भाद्र ८ गते गोरखापत्र दैनिकमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु, प्रस्तुती – मेगेन्द्र न्यौपाने
• अमेरिकाको ख्यातिप्राप्त संस्था डब्लुसीएचद्धारा प्रदान गरिएको एसियालज डिग्निटरी म्यान अफ दि इयर २०१६ को उपाधिबाट सम्मानित नेपाली को हुन् ?
– मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी
• अमेरिकास्थित ग्रिनेज कलेजद्धारा स्थापित ग्रिनेज पुरस्कार २०१६ कसलाई प्रदान गरियो ?
– लुना रञ्जित
• तेस्रो एसियन पेन्टर्स न्यु बिज बिजनेस कन्क्लेभ तथा अवार्ड २०१६ मा लाईफटाइम एचिभमेन्ट अवार्डको उपाधिबाट सम्मानित हुने उद्यमी को हुन् ?
– चिरञ्जीवीलाल अग्रवाल
• ३१ औं रियो ओलम्पिकमा प्रथम,द्धितिय र तृतीय स्थान हासिल गर्ने राष्ट्र कुन कुन हुन् ?
– अमेरिका,बेलायत र चीन
• रियो ओलम्पिक २०१६ मा पदक बिजेता सबैभन्दा कम उमेरकी खेलाडी को हुन् ?
– चीनकी १५ बर्षिय रेन चियान
• तीन ओलम्पिकसम्म लगातार ३–३ स्वर्ण पदक जिती कीर्तिमान कायम गर्ने चर्चित खेलाडी को हुन् ?
– जमैकन धावक युसेन बोल्ट
• सन् २०१६ को रियो ओलम्पिकमा ट्रायथलनमा स्वर्ण र रजत पदक जित्ने दाजु भाई को को हुन् ?
– ब्रिटेनका एलिस्टर ब्राउनली( दाजु ) र जोनाथन ब्राउनली ( भाई )
• हाल अन्तराष्ट्रिय ओलम्पिक कमिटिको अध्यक्षमा को रहेका छन् ?
– थोमस बाख
• सरकारले तराईलगायत विभिन्न जिल्लामा भएका आन्दोलनमा मारिएका ५२ जनालाई सहिद घोषणा कहिले गर्यो ?
– वि.सं २०७३ भाद्र २
• प्रसिद्ध ओल्को पर्व नेपालको कुन ठाउँमा प्रचलित छ ?
– सुदुरपश्चिम
• विश्वको सबैभन्दा अग्लो सिसाको पुल कहाँ निर्माण भएको छ ?
– चीन
• संसारको सबैभन्दा लामो अनशन बस्ने आन्दोलनकर्मी को हुन् ?
– भारत मणिपुरकी आइरम चनु शर्मिला
• नेपालमै पहिलोपटक माइक्रो इन्डस्ट्रिज भिलेज कहाँ निर्माण गरिने भएको छ ?
– सुर्खेत

No comments: