Monday, February 24, 2014

सन् २०१३ मा मनाईएका केही अन्तराष्ट्रिय दिवसका नाराहरु,

 सन् २०१३ मा मनाईएका केही अन्तराष्ट्रिय दिवसका नाराहरु,


• अन्तराष्ट्रिय भन्सार दिवस ( जनवरी २५ ) – नविन पद्दति, भन्सारको उन्नति ।

• विश्व प्रेश स्वतन्त्रता दिवस ( मे ३ ) – बोल्नेको सुरक्षा ,सम्पूर्ण सञ्चारमाध्यममा अभिव्यक्ति स्वतन्त्रताको सुरक्षण ।

• विश्व स्वास्थ्य दिवस ( अप्रिल ६ ) – तपाईको रक्तचाप नियन्त्रण गर्नुहोस, आयु बढाउनुहोस ।

• बालश्रम विरुद्द विश्व दिवस ( जून १२ ) – बालबालिकालाई घरेलु श्रमिकका रुपमा नराखौं ।

• विश्व रक्तदान दिवस ( जून १४ ) – रक्तदान गरौं, जीवन उपहार दिउँ ।

• विश्व वातावरण दिवस ( जून ५ ) – सोचेर खाऔं , खाना खेर नफालौं, वातावरण जोगाऔं ।

• विश्व जनसंख्या दिवस ( जुलाई ११ ) – किशोरावस्थामा गर्भाधान, सर्वाङ्गिण विकासमा व्यवधान ।

• विश्व शरणार्थी दिवस ( जून २० ) – युद्दबाट चिथोरिएको एउटा परिवार पनि धेरै हो ।

• अन्तराष्ट्रिय खाद्द दिवस ( अक्टोबर १६ ) – खाद्द सुरक्षा र पोषणका लागि दिगो खाद्द प्रणाली ।

• विश्व पर्यटन दिवस ( सेप्टेम्बर २७ ) – पानी र पर्यटन , हाम्रो साझा भविष्य बचाऔं ।

• विश्व मुटु दिवस ( सेप्टेम्बर २९ ) – स्वस्थ मुटुको बाटो रोज्नुहोस् ।

No comments: