मरेको पौने घण्टापछि जुरुक्कै उठिन् महिला
झ्वाट्ट सुन्दा यो पत्यार लाग्ने कुरै हैन । तर आखिर सत्य कुरा पत्याउनै
परयो । अस्ट्रेलियामा यस्तै पत्याउनै नसकिने घटना भएको छ । त्यहाँ एक महिला
मरेको झण्डै पौने घण्टापछि ब्युँझिएकी छिन् । समाचार अनुसार ४१ वर्षकी ती
महिला डाक्टरले मृत घोषित गरेको ४२ मिनेटपछि ब्युँझिइन् ।झण्डै एक हप्ता
पहिलेको घटना हो । भेनेसा तानासिओलाई हृदयाघात भयो । त्यसपछि उनलाई मोनास
अस्पतालमा पुराइयो । तर अस्पताल पूराएको केही बेरमै डाक्टरहरुले उनलाई मृत
घोषित गरे । त्यस बीचमा उनको मुटुको धमनी जुन बन्द भएको थियो त्यसलाई
खुलाइयो । सुरुमा त्यसले कुनै प्रभाव नपारेपछि उनलाई मृत घोषित गरिएको थियो
। तर मृत घोषित गरेको केही बेरपछि भेनेसाको मुटु अलिअलि चल्न थाल्यो । अनि
उनी विस्तारै ब्युँझिइन् पनि ।
बाँच्ने कुनै सम्भावना नै नभएकी भेनेसा ब्युँझिएको घटनाले आफुहरुलाई पनि
आर्श्चर्यमा पारेको डाक्टरहरु बताउँछन् । मेलबर्नको नरे वारेनमा बस्ने
भेनेसाले आफु मरेर पनि बाँच्न पाउँदा निकै खुसी लागेको भन्दै यो आफ्नो लागि
नयाँ जिवनको सुरुवात भएको बताएकी छिन् । आफुलाई जिवनमा पहिलोपटक हृदयाघात
भएको उनी बताउँछिन् ।

No comments:
Post a Comment