Friday, August 29, 2014

Ebola Virus भाइरस

Share: यो फोटोहरु जनचेतनाको लागि सबैलाई Share गरौ ! ठुलो धर्म हुनेछ ! @share it ! Share it to all..!.!.!...Ebola Virus जनासाधारण मात्रै हैन तर डाक्टरहरु समेतको ज्यान लिसकेको यो भाइरस संसारमा धेरैको ज्यानलाई लागिसकेको छ र अरु लाखौ लाखौको ज्यान लान सक्ने अवस्थामा रहेको यो भाइरसबाट होसियारी अपनाउ अनि सबैलाई होसियार रहन अनुरोध गरौ ! यो Pictures सक्दो Share गरौ ! -- "Ebola virus has been extending its effect all over the world ! I urge that each and every one of us is aware of it exclusively and make others aware of it." HHMG --- Ebola भाइरस न्यु डेल्हीसम्म पुगिसकेको खबर रहेको छ ! र यो भाइरसले नेपालमा (अनि छिमेकी रास्ट्र भुटान र अन्यदेशमा जहाँ संक्रमित हुन बाँकि छ) पनि चाडै नै आफ्नो संक्रमण फैलाउन सक्ने अवस्था छ ! यो घडीमा यो महामारीबाट बाच्न सबैले निकै होसियारी अपनाउनुपर्ने देखिन्छ ! यो images जनचेतनाको लागि सक्दो Share गरौ ! ---- In Detail ! "...इबोला जातका विभिन्न पाँच प्रकारका भाइरसको आक्रमणबाट लाग्ने इबोला रोग लाई रक्तश्राव ज्वरो समेत भनिन्छ । यो भाइरसको आक्रमणपछि रोगीको सरीरका आन्तरिक अंग तथा बाह्य भागमा समेत अनियन्त्रित रुपमा रक्तश्राव हुने भएकाले यसलाई रगत बग्ने ज्वरो भनिएको हो । पश्चिम अफ्रिकाका विभिन्न देशमा अहिले महामारीकै रुपमा रहेको इबोला रोगका कारण विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय स्वास्थ्य संकटकाल समेत घोषणा गरिसकेको छ । सन् १९७६ मा पहिलोपटक सुडानको नजरा र कंगोको याम्बुकुमा मानिसमा महामारीकै रुपमा देखा परेेको यो भाइरसको नाम इबोला रहनुका कारण कंगोको याम्बुकु गाउँ इबोला नदीको किनारमा रहेकाले हो । इबोला निकै प्राणघातक रोग हो र भाइरसको संक्रमण भैसकेपछि ५० देखि ९० प्रतिशत सम्मको रोगीको मृत्यु हुने गरेको छ । कसरी सर्छ ? इबोला भाइरस विभिन्न जंगली जनावरबाट पहिलो पटक अफ्रिकामा मानिसमा सरेको हो । जंगली जनावरको मासु खाने तथा बढि सम्पर्कमा आउने मानिसहरुमा भाइरस संक्रमित जंगली जनावरको रगत, अन्य जैविक रस, मासु आदिबाट भाइरस मानिसमा सर्दछ । खासगरी चिम्पान्जी, गोरिल्ला, बाँदर, सुँगुर, मृग, दुम्सी तथा सबैभन्दा बढि चमेराबाट यो भाइरस मानिसमा सर्दछ । इबोला भाइरस मानिस बाट मानिसमा समेत निकै तिब्र रुपमा सर्दछ । खासगरी रगत, अन्य जैविक रस, काटिएका अंगहरुबीचको प्रत्यक्ष सम्पर्कबाट यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । साथै यौन सम्पर्कका बेला आउने विर्य तथा योनीरसको माध्यमबाट समेत इबोला भाइरस सर्दछ । यो रोगका कारण मरेको मानिसको अन्तिम संस्कारका बेला लासको सम्पर्कमा आउने मानिसमा समेत यो भाइरस सर्ने जोखिम हुने विज्ञहरुको भनाइ छ । साथै स्वास्थ्यकर्मी तथा रोगीको सुसारेमा समेत रोगको संक्रमणको जोखिम बढि हुन्छ । लक्षण इबोला भाइरस रोग निकै खतरनाक तथा घातक विषाणुजन्य रोग हो । भाइरसको संक्रमणका कारण मानिसमा अत्यधिक ज्वरो आउने, निकै कमजोर बन्ने, मांशपेशी दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छन् । भाइरसले आक्रमण गरको २ देखि २१ दिनभित्रमा यसका लक्षण मानिसमा देखिन्छन् । लक्षणहरु सामान्यतया निम्न छन्- · उच्च ज्वरो · टाउको दुख्ने · जोर्नी तथा मांसपेशीमा पीडा हुने · घाँटी तथा पेट दुख्ने · निकै कमजोरी महसुस हुने · भोक हराउने · सास फेर्न गाह्रो हुने भाइरसको आक्रमण बढ्दै जाँदा संक्रमितलाई बान्ता आउने, पखाला लाग्ने, छालामा डावर तथा रातो धब्बा आउने, मृगौला तथा कलेजोले काम गर्न छाड्ने जस्ता जटिल लक्षण देखिन्छन् । रोग छिप्पिँदै जाँदा सरीरका भित्री अंग तथा बाहिरी भागबाट समेत रगत बग्न थाल्छ । नाक, आँखा तथा कान, योनी, गिजाबाट समेत रगत बग्छ भने खकारमा समेत रगत देखिन थाल्छ । आन्द्राबाट समेत रगत बग्न थाल्छ । धेरै रगत बगेर समेत रोगीको मृत्यु हुने खतरा हुन्छ । उपचार रगतको परीक्षण पश्चात इबोला भाइरस पत्ता लगाउन सकिन्छ । यद्यपि भाइरसको कुनै प्रभावकारी औषधि भने छैन । धेरै भ्याक्सिनहरु परीक्षण गरिएका भएपनि अहिलेसम्म कुनैपनि खोप आधिकारिक रुपमा प्रयोगमा ल्याइएको छैन । त्यसैले रोगीलाई औषधि भन्दा पनि स्याहारको आवश्यकता हुन्छ । रोगीलाई ढाडस दिने, पर्याप्त मात्रामा पानी खुवाउने, पानीसँगै नुन, चिनी जस्ता लवणहरु समेत घोलेर खुवाउनुपर्छ । रोकथाम र नियन्त्रण इबोला भाइरस मानिससँग बढी सम्पर्कमा आउने जंगली जनावर, जस्तै बाँदर तथा सुँगुर जस्ता घरपालुवा जनावरबाट सर्ने भएकाले यस्ता जिवसँगको सम्पर्कमा विशेष सावधानी अपनाउनुपर्छ । घरपालुवा जनावरको खोर सफा गर्दा सोडियम हाइपो क्लोराइड जस्ता डिटरजेन्टले सफा गर्नुपर्छ । भाइरस संक्रमण देखिएमा संक्रमित क्षेत्रलाई निर्मलीकरण गर्ने, रोगी पशुपक्षीलाई नष्ट गर्ने र मरेका तथा मारिएका संक्रमित पशुपक्षीलाई होसियारी पूर्वक गाड्ने वा जलाउने गर्नुपर्छ । इबोला रोगको कुनै प्रभावकारी उपचार नभएको हुँदा यसको रोकथाममै जोड दिनु आवश्यक छ । त्यसको लागि निम्न विषयमा सजगता अपनाउनुपर्छ- १. जंगली जनावर तथा घरपालुवा समेतको मासु सक्दो नखाने । २.इबोला लागेको रोगी मानिसको सम्पर्कमा आउँदा होसियारी अपनाउने । रोगीको बढी नजिक नजाने, उसले प्रयोग गरेका वस्तुहरु निर्मलीकरण नगरेसम्म प्रंयोग नगर्ने, घरमै समेत यस्ता रोगीको स्याहार गर्दा पञ्जा तथा अन्य सुरक्षाका उपाय अपनाउने । व्यक्तिगत सरसफाइमा ध्यान दिने । ३. इबोलाबाट मरेका मान्छेको शवलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्ने, लासबाट समेत भाइरस सर्ने जोखिम भएकाले होसियारी पूर्वक गाड्ने वा जलाउने गर्नुपर्छ ।"

No comments: