प्रश्नः जिका भाइरस के हो ? परिचय दिँदै यसका लक्षण तथा बच्ने उपायहरु लेख्नुहोस् ?
उत्तरः जिका (Zica) भाइरस सन् १९४७ मा अफ्रिकी देश युगाण्डामा भेटिएको थियो । यसको पहिलो प्रामाणिक प्रकोप पश्चिमी प्रशान्त क्षेत्रमा भएको हो ।
* सन् २०१४ मा भएको विश्वकपको दौरान जिका भाइरस ब्राजिल प्रवेश गरेको हुन सक्ने बताइएको छ ।
* करिब ४० लाख मानिसमा समस्या देखिएको यो भाइरस ल्याटिन अमेरिकामा २०१६ को शुरुवातीमा तीव्ररुपमा बढिरहेको रोग हो ।
* यो ‘एडिस एजिप्टी’ नामको पोथी लामखुट्टेको टोकाइबाट फैलिने भाइरस हो । यो त्यही लामखुट्टे हो, जो जण्डिस, डेंगु लगायतका रोग फैलाउन जिम्मेवार छ । यसको सबैभन्दा नराम्रो प्रभाव गर्भवती महिलालाई पर्छ ।
जिका भाइरसको लक्षणः
* हल्का ज्वरो आउनु (डेंगु, ज्वरो, छालामा विमिरा, आँखा पाक्ने, जोर्नी र मांशपेशी दुखाई)
* टाउको दुख्ने र असजिलो हुने
* आँखा रातो हुने तथा भित्री भाग सुन्निने
* जोर्नी दुख्ने
यस्तो लक्षण दुई दिनदेखि एक सातासम्म देखा पर्न सक्ने
जिका भाइरसबाट बच्ने उपायः
* जिका भाइरस लाग्न नदिन सबैभन्दा महत्वपूर्ण कुरा एडिस एजिप्टाई लामखुट्टेको टोकाई बाट जोगिनुपर्छ ।
* लामखेट्टेको टोकाइबाट बच्न शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्छ र हल्का रंगिन कपडा लगाउनुपर्छ ।
* लामखुट्टेको प्रजनन रोक्न घर आसपास सफा राखी पानी जम्न दिनु हुँदैन ।
* पानी भरेको बाल्टी, ट्याङकर, फूलदानीको पानी हरेक हप्ता सफा गर्नुपर्छ भने टायर भित्र जमेको पानी हरेक दिन सफा गर्नुपर्छ ।
* ज्वरो अँए, जोर्नी दुखे वा आँखा रातो भए प्रशस्त मात्रामा झोल पदार्थ खाएर आराम गर्नु पर्छ ।
* यो भाइरस विरुद्ध तत्कालका लागि हुनै खोप उपलब्ध नभए पनि स्वास्थ्यमा सुधार नआए डाक्टरको सल्लाह लिनुपर्छ ।
* स्वदेश तथा विदेश भ्रमणमा विशेष निगरानी अपनाउँने ।
* प्रभावित क्षेत्रमा महिलाले गर्भावस्थाको समयमा लामखुट्टेबाट जोगिन विशेष ध्यान दिने ।
Loksewa gk bat

No comments:
Post a Comment