Saturday, September 10, 2016

सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहिको दायित्वहरु बारे लेख्नुहोस ?

mission 500

Qn.7.सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहिको दायित्वहरु  बारे लेख्नुहोस ? @@@@@@
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सुत्र  ( राजाराम र आशा शेष )

रा= राज्यबाट नियमसङ्ग सेवा प्रवाह भए नभएको
     विषयमा चनाखो रहने ।

जा= जातीय विभेद,लैङ्गकि,वर्गीय,तथा धार्मिक विभेद
       को अवस्थाको अन्त्य गरि एकताको प्रवर्द्धन गर्ने ।

रा = राज्यले अवलम्बन गरेको लोककल्याणकारी
       कार्यक्रमहरु प्रति सकारात्मक दृस्टीकोण र
        सहयोग गर्ने ।

म = मौजुदा एन नियम र कानुन प्रति जानकार
      रहने र त्यसको पालना गर्ने ।

र  = राज्यलाई बुझाउनु पर्ने कर लगायतका
       सबै दायित्व समयमै पुरा गर्ने ।

आ = आफ्नो अधिकार प्रति मात्र सजग नभई
        आफुलाइ राज्यको एक असल नागरिक
       भएको प्रमाणित गर्ने ।

शा = शासकीय गतिविधिमा सेवाग्राहीको चासो र
        पहुँच बढाउन सक्रिय रहने ।

शे   = सेवा प्रवाहका कार्यक्रममा सक्रिय सहभागिता
        जनाउने र अपनत्वको भावना विकास गर्ने ।

ष  =  सरकारी सन्यन्त्रमा भएको अनियमित
        क्रियाकलापहरुको सम्बन्धित निकायमा
         उजुरी गर्ने ।।

by Bimal Mishra

राम्रो लाग्यो भने like ,comment र share गरिदिन हार्दिक अनुरोध छ ।
धन्यवाद ।🌹

No comments: