Friday, September 9, 2016

हिन्दु_धर्मका_विशेषताहरू: सुत्र (#हिन्दु

#लोकसेवा_विशेष_टिप्स: "शक्दो गर्नु,कोपी गरे स्रोत खुलाउनु!" #हिन्दु_धर्मका_विशेषताहरू:
 सुत्र (#हिन्दु_धर्मका_विशेषता )
१) हि- हिन्दु धर्म सबैभन्दा पूरानो र सनातन हो जून भारतबाट सुरूवात भएको मानिन्छ।
२) न्‍ - नेपालका अतिरीत्त भारत,श्रीलंका,मौरिसस,इन्डोनेसियालगायत देशहरूमा ठूलो संख्यामा हिन्दु धर्मावलम्बीहरू रहेका छन र यस धर्ममा ऊँ कारको ठुलो महिमा हुन्छ।
 ३) दु- दशैं,तिहार,तीज,माघेसंक्रान्ति जस्ता प्रमुख चाँडहरू यस धर्ममा रहेका छन।
 ४) ध- धार्मिक ग्रन्थहरू जस्तै:चार वेद,अठार पुराण,महाभारत,भागवत गीता,उपनिषद्‍ प्रमुख हुन।
 ५) र्म- महर्षि व्यास अनुसार अर्काको उपकार गर्नु धर्म हो,अर्कालाई दु:ख कष्ट दिनु पाप हो।
६) का- कल्याण र प्रगति चाहनेले निद्रा,भय,क्रोध,ईश्र्या,आलस्य र ढिलासुस्ती जस्ता छ वटा दुर्गुणलाई चट्टकै छाड्नुपर्छ भन्ने  वेद व्यास(महाभारत)ले उपदेश दिएको हो।
७) वि- वि.स. २०६८ को जनगणना अनुसार नेपारमा हन्दु धर्मावलम्बीहरू ८१.३ प्रतिशत रहेका छन्।
८) शे- शैव,कपालिक र कालामुख जस्ता प्रमुख सम्प्रदाय रहेका छन्।
९) ष- स्वामी दयानन्द सरस्वती र शङकराचार्यलाई यस धर्मका प्रचारक मानिन्छ भने यस धर्मका प्रमुख पूजास्थल मन्दिर र शत्तिपीठ रहेका छन।
१०) ता- तीन मूख्य देवता (ब्रह्मा, विष्णु,महेश्वर) का अत्तिरित्त गणेश,हनुमान,लक्ष्मी,सरस्वतीलगायत ३३कोटीका देवताहरू रहेका मानिन्छ।
From  Pawan Deo

No comments: