– सौर्य मण्डलबाट नजिक रहेको तारा प्रोक्सिमा सेन्टुरीलाई पृथ्वीको आकारको ग्रहले परिक्रमा गर्ने गरेको वैज्ञानिकले पत्ता लगाएका छन् ।
यो सौर्य मण्डल बाहिरको मानव जीवनको सम्भावना रहेको वैज्ञानिकको भनाई छ । प्रोक्सिमा सेन्टुरीलाई परिक्रमा गर्ने ग्रहको आकार झण्डै पृथ्वी जत्रै रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । चट्टानले बनेको त्यो ग्रहको सतहमा तरल अवस्थामा पानी रहेको अनुमान वैज्ञानको छ ।
प्रोक्सिमा सौर्य मण्डलबाट ४.२ प्रकाश वर्षको दूरीमा छ । यो अनुसन्धानले सौर्य मण्डल बाहिरको ग्रहमा पनि मानव जीवनको सम्भावनालाई बलियो बनाएको अनुसन्धानकर्ताले बताएका छन् ।अनुसन्धानमा संलग्न क्वीन मेरी युनिभर्सिटी अफ लण्डनका प्राध्यापक गुइलेम एनग्लाडाले साइन्स फिक्सनमा मात्रै सीमित रहेको सौर्यमण्डल बाहिरका ग्रहको कुरा अहिले बिस्तारै सत्य सावित हुने क्रममा रहेको बताउनुभयो । पृथ्वी जस्तै रहेको यस ग्रहका केही क्षेत्र मानव जीवनका लागि उपयुक्त हुन सक्ने धेरै सम्भावना देखिएको उहाँले बताउनुभयो ।
Ujayalo online bat


No comments:
Post a Comment