खान बनाउदा बिशेष गरि तरकारी लगाएत अचारका परिकार आर्कषक बनाउन बेसार अनिवार्य मानिन्छ।तरकारी र अचारका परिकारको रङ राम्रो देखाउनको लागि पनि बेसार अनिवार्य मानिन्छ। बेसारले खानाका परिकारलाई मात्र होइन हाम्रो शरिरलाई पनि आकर्षक र मुहारलाई सुन्दर बनाउनमा मद्धत पुर्याउछ। आकर्षक र सुन्दर अनुहारका लागि आजभोली फेसियल गर्ने चलन बढ्दै गएको छ । तर सबैलाई फेसियल गर्ने समय नमिल्न सक्छ । यस्तो अवस्थामा भान्सामै रहेका बेसारको मद्दत लिन सकिन्छ ।
बेसारको प्रयोगबाट फेसियल गर्ने तरिका :
- दुई सानो चम्चा बेसन र आधा चम्चा बेसारको मिश्रणमा १० थोपा गुलाव जल र कागतिको रस राखेर लेप बनाउने अनि नुहाउनु भन्दा पहिला अनुहारमा लगाउने।
- लेप लगाएको आधा घण्टापछि पखाल्ने। यसो गर्नाले अनुहारको दाग विस्तारै हराउदै जान्छ ।र अनुहारमा चमक आउछ।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ।

No comments:
Post a Comment