Monday, October 3, 2016

जलवायु_परिवर्तन_केलाइ_भनिन्छ । यसको असरहरु समेत उल्लेख गर्नुहोस । #जलवायु_परिवर्तन

#
पृथ्वीको वायुमण्डलको तापक्रम, हावाको बहाव र वर्षातमा हुने घटबढका कारण पृथ्वी तथा यसको कुनै भागमा औसत मौसममा हुने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । पृथ्वीमा हाल अत्याधिक बढ्दै गएको औद्योगीकरणबाट कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड जस्ता ग्याँसहरूबाट वायुमण्डलमा एक प्रकारको तहको निर्माण हुन गएको छ जसको कारण सूर्यको ताप र प्रकाश पृथ्वीमा आउने तर पृथ्वीको ताप वायुमण्डलमा निस्काशन हुन नसक्ने अवस्था उत्पन्न भएको छ । यसको कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढ्दै जान थालेकोले जलवायु परिवर्तन भई विभिन्न समस्या देखिन थालेका छन् ।
जलवायु परिवर्तनका असरहरूः
विश्वमै जल्दोबल्दो प्रमुख समस्याको रूपमा देखिएको जलवायु परिवर्तनका प्रमुख असरहरू निम्नानुसार छन् स्–
– हिमालको हिउँ पग्लन गई हिमालहरू नाङ्गा डाँडामा परिणत हुनसक्ने ।
– हिउँ धेरै पग्लेर हिम तालको विस्फोटन हुने खतरा ।
– समुद्रको सतह बढ्न गई तटीय एवं टापु राष्ट्रहरू डुबानमा पर्न सक्ने ९जस्तो माल्द्वीभ्स०
– जैविक विविधतामा नकारात्मक प्रभाव पर्ने ।
– अतिवृष्टि, अनावृष्टि र हुरीबतास आदिको सम्भावना आदि ।
समग्रमा जलबायु परिवर्तनबाट बर्तमान अवस्थामा रहेको वातावरण र पारिस्थितिक प्रणालीमा असन्तुलन आउने जैविक जीवनमा नकारात्मक असर पर्ने आदि समस्याहरु देखा पर्दछन् । विश्व नै एकजुट भै यसको न्यूनिकरणका लागि योजनाबद्ध रुपमा अगाडी बढ्नु आवश्यक छ ।

No comments: